ओभिया आर्ट सर्कलद्वारा स्वैच्छिक एलकेजी र युकेजी कक्षा सुन्दरीकरण
Oviya art circle


गान्तोक, 25 जुलाई (हि.स.)। ओभिया आर्ट सर्कल सिक्किमले डिक्चुको सरकारी उच्चतर माध्यमिक विधालयमा एलकेजी र युकेजी कक्षा सुन्दरीकरणको स्वैच्छिक कार्य गरेको छ। ओभिया आर्ट सर्कलको पाँच सदस्यीय टोलीमा चित्रकार दीपा राई, दिवाकर लामीछाने, सुवास राई, सिवन राई अनि शिव छेत्री रहेका थिए।

विधार्थी नानीहरूको सहभागिता र चित्रकलाप्रति रुचि जगाउन संस्थाद्वारा यस्ता स्वेच्छिक कार्यहरू प्रायःजसो गाउँ बस्तीका सरकारी विधालयहरूमा विगत दिनहरूमा पनि गर्दै आइरहेको छ। यस विधालयको सुन्दरीकरणको निम्ति संस्थालाई स्थानीय समाजसेवी प्रितम कुमार सिंहले निमन्त्रणा गरेका थिए। उनले संस्थालाई यति टाडाबाट आएर रातिसम्म कक्षाका भित्तामा चित्रकारिता गरिदिएकोमा आभार प्रकट गरेका छन्।

उनका ती आफ्नो गाउँ आफै बनाउ भन्ने सराहनीय कामहरूका निम्ति साथै पञ्चायत, स्कूल स्टाफ अनि विशेष गरि विधार्थी नानीहरूका सहयोगका निम्ति संस्थाको तर्फबाट अध्यक्ष दीपा राईले धन्यवाद दिएकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande