
गान्तोक, 25 जुलाई (हि.स.)। सिङ्ताम पुलिसले विश्वसनीय सूचनाको आधारमा सिङ्ताम बजारस्थित सब्जी मण्डी क्षेत्रमा अवैध रूपमा लागूऔषध बिक्री भइरहेको सूचना पाएपछि लक्षित अभियान सञ्चालन गर्यो। यस क्रममा
उक्त अभियानका क्रममा २२ वर्षीय आनन्द गुप्ता र ५५ वर्षीय पूर्णे दर्जीलाई पक्राउ गरियो। उनीहरूबाट ठूलो परिमाणमा लागुऔषधजन्य शंकास्पद प्रतिबन्धित पदार्थ बरामद गरिएको पुलिसले जनाएको छ।
लागूऔषध जफत कार्य पुलिस निरीक्षक लक्ष्मण गजमेर र सिङ्ताम पुलिस थानाका एसएचओ किशोर कुमार क्षेत्रीको नेतृत्वमा सम्पन्न भएको थियो। जफत गरिएका सामग्रीहरूका आधारमा सिङ्ताम थानामा नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टान्सेस ऐन, १९८५ तथा सिक्किम एन्टी ड्रग्स एक्ट , २००६ अन्तर्गत सम्बन्धित धाराहरूमा मुद्दा दर्ता गरिएको छ।
जफत गरिएको प्रतिबन्धित पदार्थ पुलिसको नियन्त्रणमा राखिएको छ। यस प्रकरणमा लागूऔषधको स्रोत पत्ता लगाउनुका साथै यस अवैध तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न थप जाँच भइरहेको पुलिसले जनाएको छ।
सिङ्ताम पुलिसले लागूऔषध तस्करीविरुद्ध कडा कारबाही जारी राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै लागुऔषधसम्बन्धी कुनै पनि विश्वसनीय सूचना भए पुलिसलाई जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग अपील पनि गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल