
कोलकाता, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकातामा कर्तव्य निर्वहन गर्दैगर्दा भएको हमलामा घाइते भएका पत्रकारहरूसित गए शुक्रवार राती एसएसकेएम अस्पतालमा पुगेर भेट गरे। उनले अस्पताल प्रशासनसित सबै घाइते पत्रकारहरूको समुचित उपचार व्यवस्था सुनिश्चित गर्ने निर्देश दिए।
शुभेन्दु अधिकारीले यस सम्बन्धमा सामाजिक माध्यममा एउटा सन्देश जारी गरी पत्रकारहरूमाथि भएको हमलाको कड़ा निन्दा गरे। उनले भने, विरोध प्रदर्शनको नाममा गुण्डागिरीलाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन।
उनले बताए, पुलिसलाई हमलामा सामेल आरोपीहरूलाई तत्काल चिन्हित गरी आरोपीहरूविरूद्ध कड़ा कानूनी काराबाही गर्ने निर्देश दिइएको छ। मुख्यमन्त्रीले भने, पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ भने दोषीहरूविरूद्ध कानून अनुसार कठोर कारबाही हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा