सेवाश्रय अनियमितता मामिलामा मुख्यमन्त्रीले अभिषेक ब्यानर्जीलाई लक्षित गरे, भने-मानिसहरूको स्वास्थ्यप्रति खेलाइँची गर्नेहरूमाथि हुनेछ कारबाही
सेवाश्रय अनियमितता मामिलामा मुख्यमन्त्रीले अभिषेक ब्यानर्जीलाई लक्षित गरे, भने-मानिसहरूको स्वास्थ्यप्रति खेलाइँची गर्नेहरूमाथि हुनेछ कारबाही


कोलकाता, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गाल विधानसभामा शनिवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले तृणमूल कङ्ग्रेस सांसद अभिषेक ब्यानर्जीको 'सेवाश्रय' स्वास्थ्य शिविरमा भएको कथित अनियमितता औ भ्रष्टाचारको मुद्दा उठाउँदै भने, यस मामिलामा कुनै पनि दोषीलाई छाड़िनेछैन। उनले आरोप लगाए, मानिसहरूको जीवनसित खेलाइँची गर्नेहरूविरूद्ध भारतीय न्याय संहिता अन्तर्गत कड़ा कारबाही गरिनेछ।

मुख्यमन्त्रीले भने, सेवाश्रय शिविरसित सम्बन्धित धेरै वटा सिकायतहरू सरकार समक्ष पुगेका छन्। सोही सिकायतहरूको आधारमा दर्ता प्राथमिकीमाथि कारबाही भइरहेको छ। अब प्रत्येक सिकायतलाई भिन्न-भिन्न एफआईआरको रूपमा दर्ता गरी जाँच गरिँदैछ।

उनले आरोप लगाए, शिविरहरूमा रोगीहरूलाई समय-समाप्त भइसकेका औषधिहरू दिइयो। विधानसभामा उनले जूनियर चिकित्सक राजीव विश्वासद्वारा मुख्यमन्त्रीलाई लेेखिएको एउटा पत्र पनि पढ़ेर सुनाए जसमा कथित अनियमितताको उल्लेख गरिएको छ।

शुभेपन्दु अधिकारीले बताए, सम्पूर्ण मामिलाको जाँच राज्य पुलिसको सीआईडी, एसटीएफ, दक्षिण 24 परगना जिल्ला पुलिस औ चिकित्सा विशेषज्ञहरूको संयुक्त टीमले गरिरहेको छ। उनले भने, जुन मानिसहरूको जीवनलाई नोक्सान पुऱ्याएको छ वा जसले सेवाश्रय शिविरहरूमा कुनै पनि प्रकारको क्षय-क्षति बेहोरेका छन्, उनीहरूको सिकायतलाई गम्भीर रूपमा लिइनेछ।

मुख्यमन्त्रीले भने, अभिषेक ब्यानर्जी र उनका सहयोगीहरूद्वारा गरिएको आपराधिक कृत्यको लागि उनीहरूलाई कुनै प्रकारको राहत दिइनेछैन। उनले भने, भारतीय न्याय संहिताका प्रावधानहरू अन्तर्गत दोषीहरूविरूद्ध कड़ा कानूनी कारबाही गरी उनीहरूलाई उचित दण्ड दिलाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande