
गुवाहाटी, 25 जुलाई (हि.स.)। गुवाहाटीको बशिष्ठस्थित काली मन्दिरमा बितेको राती चोरी भएको घटना प्रकाशमा आएको छ। चोरहरूले मन्दिरको खिड़की भत्काएर भित्र प्रवेश गरी देवीको प्रतिमामा सजाइएका लगभग दश लाख रुपियाँका गहनाहरू चोरेर भागे।
घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुुरू गऱ्यो। पुलिसले वरपरबाट प्रमाण जुटाउनको साथै चोरीहरूलाई चिन्हित गरी पक्राउ गर्नको लागि अभियान चलाइरहेको छ। मामिलाको विस्तृत जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा