पश्चिम बङ्गालमा एन्टी स्नेक वेनम उत्पादन गर्ने तयारी, स्वास्थ्य विभागले शुरू गऱ्यो एसओपी बनाउने प्रक्रिया
पश्चिम बङ्गालमा एन्टी स्नेक वेनम उत्पादन गर्ने तयारी, स्वास्थ्य विभागले शुरू गऱ्यो एसओपी बनाउने प्रक्रिया


कोलकाता, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारले राज्यमा एन्टी स्नेक वेनम (एएसवी) उत्पादन गर्ने दिशामा महत्वपूर्ण पहल शुरू गरेको छ। स्वास्थ्य विभागले राज्यमै एन्टी स्नेक वेनम निर्माण गर्नको लागि स्ट्याण्डर्ड अपरेटिङ्ग प्रोसीजर (एसओपी) तयार गर्ने प्रक्रिया शुरू गरेको छ। यस सम्बन्धमा स्वास्थ्य भवनमा पहिलो उच्चस्तरीय बैठक आयोजना भइसकेको छ।

स्वास्थ्य मन्त्री शरद्वत मुखर्जीले बताए, स्वतन्त्रता पश्चात पहिलो पटक कुनै सरकारले पश्चिम बङ्गाललाई एन्टी स्नेक वेनमको मामिलामा आत्मनिर्भर बनाउने दिशामा ठोस पहल गरेको छ। उनले भने, राज्यमा पाइने रसेल वाइपर (चन्द्रबोड़ा) सहित अन्य विषालु सर्पहरूको विषको जैव-रासायनिक संरचना, एन्जाइम गतिविधि औ विषाक्तता दक्षिण भारतका सर्पहरूभन्दा भिन्नै हुन्छ। यस स्थितिमा दक्षिम भारतमा बनाइएको एन्टी स्नेक वेनमले केही मामिलाहरूमा अपेक्षित प्रभाव देखाउन सक्दैन।

उनले पश्चिम बङ्गालको भौगोलिक औ जैविक परिस्थिति अनुरूप एन्टी स्नेक वेनम विकसित गर्नु समयको आवश्यकता हो। वर्तानमा राज्यलाई एन्टी स्नेक वेनम आपूर्तिको लागि तेलङ्गाना र तमिलनाडु जस्ता राज्यहरूमा निर्भर रहनुपर्छ। केही वर्षदेखि यी राज्यहरूमा यसको उत्पादन बन्द भएको कारणले समयमा यसको उपलब्धता र आपूर्तिमा समस्या देखिन्छ।

यसबीच विधानसभामा ध्यानाकर्षण प्रस्ताव अवधि दक्षिण 24 परगना जिल्लाको भाङ्गड़बाट अल इण्डिया सेक्युलर फ्रन्ट (एआईएसएफ)- का विधायक नौशाद सिद्दीकीले पनि यो मुद्दा उठाए। उनले भने, देशमा सर्पले डसेको कारणले हुने मृत्युको लगभग 19.7 प्रतिशत पश्चिम बङ्गालमा मात्र हुन्छ। राष्ट्रिय स्वास्थ्य प्रोफाइल रिपोर्टको आधारमा उनले बताए, वर्ष 2025- मा देशभरिमा 55 हजारभन्दा अधिक मानिसहरू सर्पडसको शिकार भएका थिए।

नौशाद सिद्दीकीले सुझाउ राखे, पहिला एन्टी स्नेक वेनमको उत्पादन गर्ने बङ्गाल केमिकललाई पुनः यो जिम्मेवारी सुम्पिन सकिन्छ जसबाट राज्य यस क्षेत्रमा आत्मनिर्भर बन्नसकोस्।

स्वास्थ्य विभागको मान्यता छ, यदि पश्चिम बङ्गालका स्थानीय विषालु सर्पहरूको विष अनुरूप एन्टी स्नेक वेनमको उत्पादन शुरू भए रोगीहरूको उपचार अधिक प्रभावकारी हुनेछ। साथै सर्पले डसेर हुने मृत्युहरूमा पनि उल्लेखनीय कमी आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande