धर्मतला हिंसामा सामेल चार कुख्यात अपराधीहरूको नाम विधानसभामा उजागर : मुख्यमन्त्री
धर्मतला हिंसामा सामेल चार कुख्यात अपराधीहरूको नाम विधानसभामा उजागर : मुख्यमन्त्री


कोलकाता, 25 जुलाई (हि.स.)। धर्मतलामा गए शुक्रवार छात्र प्रदर्शन अवधि भएको हिंसा तथा मीडिया कर्मीहरूमाथि हमलाको मामिलामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार विधानसभामा चार जना कुख्यात अपराधीहरूको नाम सार्वजनिक गर्दै भने, यिनीहरू विद्यार्थी होइनन्, सङ्गठित उपद्रवी हुन्। उनले स्पष्ट पारे, सबै आरोपीहरूमाथि भर्खरै पारित पब्लिक सेफ्टी एक्ट अन्तर्गत कड़ा कारबाही गरिनेछ।

मुख्यमन्त्रीले विधानसभामा भने, यस मामिलामा अहिलेसम्ममा 70 जना मानिसहरूलाई चिन्हित गरिसकिएको छ जसमा राजा बगानका अफरोज, खिदिरपुरका नाहिद, इकबालपुरका तनवीर तथा वाटगञ्जका राहुल जमाल पनि सामेल छन्। उनले आरोप लगाए, यिनीहरू विद्यार्थी होइनन्, हिंसा फैलाउने उद्देश्यले प्रदर्शनमा सामेल भएका थिए।

उनले भने, धर्मतला हिंसा अनि पत्रकारहरूमाथि भएको हमलाको सम्बन्धना सात वटा प्राथमिकी दर्ता गरिएको छ भने सबै मामिलाहरूमा पब्लिक सेफ्टी एक्टका धाराहरू लगाइएको छ। मुख्यमन्त्रीले भने, सरकारले कुनै पनि उपद्रवीलाई छोड़्नेछैन।

शुभेन्दु अधिकारीले भने, गुण्डा दमन कानून यसकारणले बनाइएको हो कि यस्ता तत्वहरूमाथि प्रभावकारी कारबाही गर्न सकियोस्। हामी यस्तो कारबाही गर्नेछौं जसको सम्झना एउटा मात्र होइन उनीहरूको तीन पिँढ़ीले गर्नेछ। अब राज्यका जनताले पनि यो कानूनको आवश्यकता कति थियो भन्ने कुरा देख्नेछन्।

मुख्यमन्त्रीले यो पनि बताए, पुलिसलाई पहिलाबाटै स्थिति पूर्ण रूपले अनियन्त्रित नभइञ्जेलसम्म बल प्रयोग नगर्ने स्पष्ट निर्देश दिइएको थियो। उनले ड्यूटीमा तैनाथ पुलिसकर्मीहरूको संयमको सराहना गर्दै भने, उक्साइएको भए पनि पुलिसले धैर्य कायम राख्यो, कानून व्यवस्था सम्हाल्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande