पश्चिम बङ्गाल विधानसभामा क्याग रिपोर्ट पेश, राज्यमाथि 8 लाख करोड़भन्दा अधिक ऋण
पश्चिम बङ्गाल विधानसभामा क्याग रिपोर्ट पेश, राज्यमाथि 8 लाख करोड़भन्दा अधिक ऋण


-वित्त मन्त्रीले भने-पहिलाका सरकारहरूले कहिल्यै रिपोर्ट पेश गरेनन्

कोलकाता, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गालका वित्त मन्त्री स्वपन दासगुप्ताले शनिवार राज्य विधानसभामा नियन्त्रक एवं महालेखापरीक्षक (क्याग)- को रिपोर्ट पेश गरे। सदनलाई सम्बोधन गर्दै वित्तमन्त्रीले भने, बितेका केही वर्षदेखिको अज्ञात कारणहरूले पछिल्लो सरकार (ममता ब्यानर्जीको सरकार)-ले क्यागको रिपोर्टलाई सदनको पटलमा राखेको थिएन जुन एक गम्भीर संवैधानिक चूक थियो।

सदनमा रिपोर्ट प्रस्तुत गर्दै उनले भने, अतीतमा भएको यस संवैधानिक चूकलाई ध्यानमा राख्दै आज हामीले सदनको पटलमा क्यागको रिपोर्टको 28 खण्ड राखेका छौं।

राज्यको 8 लाख करोड़ रुपियाँको ऋणमाथि प्रश्न उठ्यो-

वित्तमन्त्री दासगुप्ताले विधानसभा सदस्यहरूसित यी रिपोर्टहरूको गहन अध्ययन गर्ने आग्रह गरे। उनले भने, यी दस्तावेजहरूको विश्लेषणबाट यो स्पष्ट हुनेछ कि आखिर राज्यमाथि 8 लाख करोड़ रुपियाँभन्दा अधिकको विशाल ऋणको बोझ कसरी भयो।

उनले स्पष्ट पारे, जनता समक्ष पछिल्लो सरकारका गल्तीहरू तथा वित्तीय अनियमितताहरूलाई पारदर्शी ढङ्गमा राख्नु वर्तमान सरकारको नैतिक एवं संवैधानिक कर्तव्य हो।

विशेष सत्र आयोजना गर्ने योजना-

सरकारले क्याग रिपोर्टहरूका विभिन्न पक्षहरूमाथि विस्तार पूर्वक चर्चा गर्नको लागि निकट भविष्यमा विधानसभाको एक विशेष सत्र आयोजना गर्नेमाथि विचार गरिरहेको छ ताकि राज्यको वित्तीयस्थितिको हरेक पक्षमाथि व्यापक बहस हुन सकोस्। यद्यपि यो सत्र कहिले आयोजना गर्ने हो त्यस सम्बन्धमा केही स्पष्ट पारेनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande