महाराष्ट्रका नासिक र पालघर जिल्लामा भूकम्पको झट्का, मानिसहरूमा भय व्याप्त
महाराष्ट्रका नासिक र पालघर जिल्लामा भूकम्पको झट्का, मानिसहरूमा भय व्याप्त


मुम्बई, 25 जुलाई, (हि.स.)। महाराष्ट्रका नासिक र पालघर जिल्लामा शनिवार भूकम्पको हल्का झट्का महसूस गरिएको छ जसबाट मानिसहरूमा भय व्याप्त भएको छ। भूकम्पको कारणले कुनै पनि प्रकारको ज्यान-मालको क्षय-क्षति भएको समाचार प्राप्त भएको छैन। जिल्ला प्रशासनले मानिसहरूलाई अफवाहदेखि टाड़ा बस्नेअनि सतर्क रहने अपील गरेको छ।

नासिक जिल्ला प्रशासन अनुसार नासिक जिल्लाको सुरगाणा खण्ड अधिनस्थ बोरगाउँ र यस वरपरका क्षेत्रहरूमा आज बिहान 9.55 बजीदेखि भूकम्पको चार, तर हल्का झट्का महसूस गरिसकिएको छ। रिक्टर स्केलमा यसको तीव्रता 3.6 दर्ता गरिएको छ। एकपछि अर्को गर्दै आएको झट्कापछि मानिसहरू डरले आतिएर घरबाट बाहिर निक्लिए। प्रशासनले बतायो, शुरूआती जानकारी अनुसार भूकम्पको झट्का हल्का थियो जसले कुनै पनि प्रकारको ज्यान-मालको नोक्सान पुऱ्याएको छैन। तथापि क्षेत्रमा भय व्याप्त भएको छ। प्रशासनले स्थितिमाथि नजिकबाट नजर राखिरहेको छ। नेशनल सेन्टर फर सिस्मोलोजी अनुसार भूकम्पको केन्द्र नासिक शहरदेखि लगभग 44 किलोमीटर उत्तर-पश्चिम दिशामा थियो।

यसरी नै पालघरमा पनि आज बिहान लगभग 10.57 बजे भूकम्पको झट्का महसूस गरियो। यस झट्काको तीव्रता रिक्टर स्केलमा 3.1 दर्ता गरियो। यो भूकम्प पालघरको देहानु तालुकाको धुन्दलबाड़ी कासा क्षेत्रमा आएको थियो जसले गर्दा मानिसहरूमा भयपूर्ण वातावरण उत्पन्न भयो। पालघरको भूकम्पको केन्द्र मुम्बईदेखि लगभग 93 किलोमीटर उत्तरमा 9 किलोमीटर गहिराईमा थियो। भूकम्पको झट्कापछि मानिसहरू आफ्नो घर छोड़ेर बाहिर निक्लिएका थिए। पालघर जिल्ला प्रशासनले बतायो, उनीहरूको टीमले भूकम्प प्रभावित क्षेत्रहरूमा निरीक्षण गरिरहेको छ। मानिसहरूसित सतर्कता अप्नाउने तथा कुनै पनि अफवाहको पछाड़ि नदौड़िने अपील गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande