मुर्शिदाबादमा दश जना बङ्गलादेशी नागरिक पक्राउ, जाली पहिचान पत्रको आधारमा काम गरिरहेका थिए
मुर्शिदाबादमा दश जना बङ्गलादेशी नागरिक पक्राउ, जाली पहिचान पत्रको आधारमा काम गरिरहेका थिए


मुर्शिदाबाद, 25 जुलाई (हि.स.)। पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लामा पुलिसले एकै दिनमा दश जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। यो पक्राउ जिल्लाका लालगोला, भगवानगोला औ शमशेरगञ्ज थाना क्षेत्रमा भएको हो। सबै आरोपीहरू बङ्गलादेशको चापाई नवाबगञ्ज तथा राजशाही जिल्लाका निवासी रहेको बताइएको छ। पुलिसले सबैलाई लालगोलाको होल्डिङ्ग सेन्टरमा पठाइदिएको छ।

शनिवार पुलिस सूत्रबाट प्राप्त जानकारी मुताविक यी बङ्गलादेशीहरूले सीमाबाट छिरेपछि दलालहरूको माध्यमबाट जाली भारतीय पहिचान बनाएर भारतका विभिन्न भागहरूमा प्रभावी श्रमिको रूपमा काम गर्दै आइरहेका थिए। फर्किँदा उनीहरूलाई पुलिसले पक्राउ गऱ्यो। गए शुक्रवार राती लालगोला थाना क्षेत्रको बैरा मिरपुर क्षेत्रबाट सात जना बङ्गलादेशी नागरिकहरूलाई हिरासतमा लिइयो जो चापाई नवाबगञ्ज जिल्लाको चरगयेशपुर गाउँका निवासी हुन्। भगवानगोला स्टेशनको छेउबाट पनि एकजना बङ्गलादेशीलाई पक्राउ गरियो जो राजशाखी जिल्लाको गोडागारी थानाका निवासी रहेको बताइएको छ।

लालगोला थानाध्यक्ष अनुसार पक्रा पर्ने सातै जना बङ्गलादेशीहरू 6 महिनाअघि लालगोला सीमाबाट अवैध रूपमा भारतमा प्रवेश गरेपछि दक्षिण भारतमा निर्माण कार्यमा जुटेका थिए। त्यहाँ उनीहरूले नक्कली भारतीय दस्तावेजको सहारामा काम गरिरहेका थिए। हालैमा उनीहरू लालगोला फर्किएका थिए भने गए शुक्रवार राती बिरा मिरपुर भएर बङ्गलादेश फर्किनेवाला थिए। तर स्थानीय मानिसहरूको सूचना पाएर उनीहरूलाई पुलिसले समात्यो। जाँचबुझमा सबैले आफूहरू अवैध ढङ्गमा कामको खोजीमा भारत आएको कुरा स्वीकार गरे।

भगवानगोलाका एसडीपीओ विमान हलदरले बताए, लालगोला र भगवानगोला थाना क्षेत्रबाट आठ जना मानिसहरूलाई पक्राउ गरिएको छ। सबैलाी पद्मभवन होल्डिह्ग सेन्टरमा पठाइएको छ भने अग्रिम प्रक्रिया पूरा गरेर सबैलाई बङ्गलादेश पठाइनेछ। प्रक्रिया जारीर छ। शमशेरगञ्ज थाना क्षेत्रमा थप दुई जना बङ्गलादेशी नागरिकहरूलाई सीमा पार गर्न अगावै पुलिसले पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande