
जलपाइगढ़ी, 25 जुलाई (हि.स.)। जिल्लाको नौकाघाट ट्राफिक पोइन्टमा शनिवार बिहान धान लादिएको एउटा ट्रक अनियन्त्रित भएर सड़कमा पल्टियो। दुर्घटनामा ट्रक चालक घाइते भए।
जानकारी अनुसार, सिलगढ़ी तिरबाट आइरहेको ट्रक नौकाघाट ट्राफिक पोइन्टको छेउमा आइपुग्नसाथ चालकले आफ्नो नियन्त्रण गुमाए जसले गर्दा ट्रक सड़कमा पल्टियो।
घटनाको सूचना पाउनसाथ नौकाघाट ट्राफिक आउटपोस्ट र एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले घाइते चालकलाई उद्धार गरी प्राथमिक उपचारको निम्ति पठाइदियो। त्यसपछि दुर्घटनाग्रस्त ट्रकलाई सड़कबाट हटाएर यातायातलाई सामान्य बनाइयो। पुलिसले दुर्घटनाका कारणहरूको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा