
दुर्गापुर, 26 जुलाई (हि.स.)। आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटले पुलिस आयुक्त डा. प्रणव कुमारको नेतृत्वमा दुर्गापुरमा होटल, लज, गेस्ट हाउस औ हस्पिट्यालिटी सेक्टरसित सम्बन्धित प्रतिनिधिहरूसित गए शनिवार साँझ एक विशेष जागरूकता अनि सम्वाद कार्यक्रम आयोजना गऱ्यो।
बैठकको उद्देश्य पोक्सो अधिनियम, 2012 -का प्रावधानहरूप्रति जागरूकता बढ़ाउनु तथा बाल-बालिकाहरूलाई यौन शोषण, उत्पीड़न र मानव तस्करीदेखि बचाउनमा होटल एवं आतिथ्यले क्षेत्रको भूमिकालाई मजबुत बनाउनु थियो।
बैठकमा पुलिस अधिकारीहरूले होटल सञ्चालकहरू अनि प्रबन्धकसित बाल-बालिकाहरूको सुरक्षाप्रति संवेदनशील रहने अपील गरे। अधिकारीहरूले भने, कुनै पनि संदिग्ध गतिविधि वा परिस्थितिमाथि तत्काल नजर राख्दै पुलिसलाई अलिकति पनि ढिल्याई नगरी सूचना दिनु सबैको जिम्मेवारी हो।
पुलिसले होटल एवं लज सञ्चालकहरूलाई सबै अतिथिहरूको पहिचान पत्र (आईडी प्रूफ) औ अन्य आवश्यक दस्तावेजहरूको सही ढङ्गले रेकर्ड राख्ने निर्देश दियो। साथै बाल-बालिकाहरूसित सम्बन्धिित कुुनै पनि संदिध्ग मामिलालाई चिनेर तत्काल पुलिसलाई सूचित गर्नेमाथि विशेष बल दिइयो।
कमिश्नरेटले सबै होटल अनि गेस्ट हाउस प्रबन्धकहरूसित जिम्मेवार कार्यप्रणालीलाई अप्नाउने अनि समयमा सूचना दिएर बाल-बालिकाहरूको लागि सुरक्षित वातावरण बनाउनमा पुलिसको सहयोगी बन्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा