नागाल्याण्डको सीमावर्ती जङ्गलमा बेपत्ता असम वन विभागको टीमलाई दुई दिनपछि सुरक्षित भेटियो
नागाल्याण्डको सीमावर्ती जङ्गलमा बेपत्ता असम वन विभागको टीमलाई दुई दिनपछि सुरक्षित भेटियो


गुवाहाटी, 26 जुलाई (हि.स.)। असमका वनमन्त्री जयन्त मल्ल बरुवाले आज सोशल मीडिया 'एक्स'-मा जानकारी साझा गर्दै भनेका छन्, डिमा हसाओ-कार्बी आङ्गलोङ्ग तथा छिमेकी राज्य नागाल्याण्डको सीमावर्ती सुदूरवर्ती जङ्गलहरूमा गस्ती गर्ने क्रममा सम्पर्कविहीन भएको असम विभागको 26 सदस्यीय टीमलाई सुरक्षित भेटिएको छ।

यस टीममा ल्याङ्गटिङ्ग, मण्डेरडिसा, हाथीखोला औ माइबोङ्ग वन रेञ्जका 23 जना वन अधिकारीहरू सहित अन्य तीन जना कर्मचारीहरू सामेल थिए। घना जङ्गली क्षेत्रमा गस्ती तथा खोजी अभियान गर्दा-गर्दै उनीहरूको सम्पर्क मुख्य कार्यालयदेखि विच्छिन्न भएको थियो, किनभने त्यहाँ मोबाइल नेटवर्को सुविधा धेरै कम छ।

लगभग दुई दिनसम्म सम्पर्क हुन नसकेको कारणले वन विभाग, असम पुलिस औ जिल्ला प्रशासनले व्यापक रूपमा खोजी अभियान सञ्चालन गऱ्यो। यस अभियानमा ड्रनबाट निगरानी सहित भारतीय वन सेवा (आईएफएस)- को एक वरिष्ठ टीमको मद्दत पनि लिइयो।

यस घटनाबारे जानकारी गराउँदै बरुवाले भने, यसले ती वन कर्मीहरू समक्ष आइलाग्ने गम्भीर चुनौतीहरूको सम्झना गराउँछ जसले जङ्गल, वन्यजीव औ प्राकृतिक धरोहरको सुरक्षा गर्नका लागिा राज्यका सबैभन्दा दुर्गम तथा कठिन क्षेत्रहरूमा लगातार काम गर्दछन्।

मन्त्रीले सफल खोजी अभियानमा सामेल सबै एजेन्सीहरूलाई धन्यवाद दिँदै असमका जङ्गलहरूको सुरक्षा गर्नका लागि वन अधिकारीहरूले देखाएको साहस, समर्पण एवं अटुट प्रतिबद्धताको सराहना गरे।

सूत्र मुताविक यो टीम गत 23 जुलाईको दिन ल्याङ्गटिङ्ग, माइबाङ्ग र खेप्रे क्षेत्रमा जङ्गलको गस्ती तथा सर्वे गर्नको लागि हिँड़ेको थियो। टीममा दुई जना रेञ्ज अफ़िसर, एकजना असिस्टेन्ट रेञ्ज अफिसर, फरेस्टर र फ़रेस्ट गार्ड सामेल थिए। टीमले अन्तिम पटक गत 24 जुलाईको साँझ विभागीय अधिकारीहरूसित बातचित गरेको थियो। तबदेखि कुनै स्पर्क हुन सकेको थिएन। उनीहरूको मोबाइल फोन बन्द वा त नेटवर्क कभरेटदेखि बाहिर बताइरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande