
मेदिनीपुर, 26 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा आइतवार सवेरै भएको एके भयानक सड़क दुर्घटनामा मालवाहक लरीका चालकको मृत्यु भयो। यो दुर्घटना त्यसबेला भएको थियो जतिबेला द्रूत गतिमा गुड़िरहेको लरी सड़क किनारमा खड़ा कन्टेनरसित पछाड़िबाट ठोक्कियो। मृतकको पहिचान पश्चिम मेदिनीपुर जिल्लाको गड़बेता निवासी सबुज मल्लिक (32)- को रूपमा भएको छ। दुर्घटनामा लरीका खलासी भने भाग्यले बचे।
पुलिस अनुसार माल लादिएको लरी बेलदाबाट ओडिशा गइरहेको थियो। यसै क्रममा दाँतनको घोलाई मोड़ छेउमा पुगेपछि चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमाए जसले गर्दा लरी सड़क किनारमा खड़ा कन्टेनसित ठोक्कियो। यस भयानक ठक्करले लरीको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भयो भने चालक केबिनभित्रै फसे। सूचना पाएर राष्ट्रिय राजमार्ग प्राधिकरण औ दाँतन थाना पुलिस घटनास्थलमा पुग्यो। लामो बचाउ अभियान पश्चात चालकलाई केबिनबाट निकालेर अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
पुलिसले दुर्घटनाग्रस्त लरी र कन्टेनरलाई कब्जामा लिएर मार्गमा यातायात सामान्य बनायो। दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ।
यसरी नै पूर्व मेदिनीपुर जिल्लाको कान्थी-दिघा 116 (बी) राष्ट्रिय राजमार्गमा गए आइतवार भएको सड़क दुर्घटनामा एकजना बाइक सवारको मृत्यु भयो भने अर्को व्यक्ति गम्भीर रूपमा घाइते भए।
पुलिस अनुसार तुफान हल क्षेत्रमा पुग्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो जसबाट दुवै सवार सड़कमा झरे। एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने दोस्रो घाइतेलाई पहिला कान्थी महकुमा अस्पताल र पछि उन्नत उपचारको निम्ति अन्य अस्पतालमा पठाइयो।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरेको छ। मृतक अनि घाइते दुवैको पहिचान खोलाउने प्रयास गरिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा