
गान्तोक, 26 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज कारगिल विजय दिवसको अवसरमा बारदाङस्थित ‘सिक्किम प्रेरणा स्थल’ मा कारगिल युद्धका वीर योद्धाहरू तथा देशको सीमा रक्षा गर्दै आफ्नो अमूल्य जीवन बलिदान गर्ने भारतीय सेनाका अमर शहीदहरूप्रति पुष्पचक्र अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
यस अवसरमा राज्यपाल, ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल आशीष नेगी, भारतीय सेनाका जवानहरू तथा उच्च अधिकारीहरूले भारतको सार्वभौमिकता र अखण्डताको रक्षाका लागि भारतीय सैनिकहरूले प्रदर्शन गरेको अदम्य साहस, देशभक्ति र सर्वोच्च बलिदानको स्मरण गर्दै केही क्षण मौन धारण गरे।
लोक भवनका अनुसार, श्रद्धाञ्जली कार्यक्रमपछि राज्यपालले प्रेरणा स्थल परिसरमा सञ्चालन भइरहेका विभिन्न विकास कार्यहरूको निरीक्षण गरे। उनले सम्बन्धित अधिकारीहरूसँग कार्य प्रगतिबारे समीक्षा गर्दै स्मारकको गरिमाअनुरूप सबै निर्माण कार्य उच्च गुणस्तरका साथ निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिए।
यसका साथै, राज्यपालले त्यहाँ उपस्थित भारतीय सेनाका जवानहरूको मनोबल उच्च राख्ने उद्देश्यले उनीहरूलाई शुभकामना व्यक्त गर्दै मिठाई वितरण गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल