राज्यपालले कारगिल विजय दिवसमा देशका वीर सपूतहरूलाई श्रद्धापूर्वक नमन गरे
om prakash mathur


गान्तोक, 26 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले कारगिल विजय दिवसमा देशका वीर सपूतहरूलाई श्रद्धापूर्वक नमन गरेका छन्। देशका वीर सपूतहरूले कारगिल युद्धमा अदम्य साहस र अटल संकल्पको परिचय दिएको बताएका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, 'कारगिल विजय दिवसको पावन अवसरमा म देशका ती वीर सपूतहरूलाई श्रद्धापूर्वक नमन गर्दछु, जसले कारगिल युद्धमा अदम्य साहस र अटल संकल्पको परिचय दिएका थिए। देशको सीमा र अखण्डताको रक्षाका लागि हाम्रा वीर जवानहरूले गरेको सर्वोच्च बलिदान प्रत्येक नागरिकका लागि प्रेरणाको स्रोत हो।'

राज्यपाले भने, 'हामीलाई केवल हाम्रा अमर शहीदहरूको स्मरण मात्र गराउँदैन, तर सीमामा तैनाथ रहेका हाम्रा सशस्त्र बलका समर्पित जवानहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि प्रदान गर्दछ, जो हरेक मौसम र हरेक परिस्थितिमा राष्ट्रको सुरक्षाका लागि सदैव तत्पर रहन्छन्।'

उनले यस महत्वपूर्ण अवसरमा हामी सबैले आफ्ना वीर सैनिकहरूको महान् विरासतको सम्मान गर्दै देशको एकता, शान्ति र सुरक्षालाई सधैं अक्षुण्ण राख्ने दृढ़ संकल्प गरौँ भनी आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande