कारगिल विजय दिवसमा राज्यपाल आर. एन. रविले सैनिकहरूलाई गरे नमन, भने- उनीहरूको बलिदानलेे राष्ट्रलाई सदैव प्रेरित गर्नेछ
कारगिल विजय दिवसमा राज्यपाल आर. एन. रविले सैनिकहरूलाई गरे नमन, भने- उनीहरूको बलिदानलेे राष्ट्रलाई सदैव प्रेरित गर्नेछ


कोलकाता, 26 जुलाई (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर. एन. रविले कारगिल विजय दिवसको अवसरमा आइतवार बिहान सोशल मीडिया म़ञ्च एक्समा देशका वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, कारगिल युद्धमा अदम्य साहस औ पराक्रमको परिचय दिने सैनिकहरूको बलिदानले राष्ट्रलाई सदैव प्रेरित गरिरहनेछ।

राज्यपाल आर. एन. रविले आफ्नो सन्देशमा भने, कारगिल विजय दिवसमा ती वीर सैनिकहरूलाई विनम्र श्रद्धाञ्जली अर्पण गरिन्छ जसले पाकिस्तानको विश्वासघाती घुसपैठलाई विफल बनाउँदै मातृभूमिको प्रत्येक इञ्च भूभागलाई पुनः सुरक्षित गराए।

उनले भने, दुर्गम पार्वतीय क्षेत्र तथा अत्यन्त प्रतिकूल परिस्थितिमा पनि भारतीय सैनिकहरूले देशको सम्प्रभुताको रक्षा गर्नका लागि अदम्य साहस औ अटुट सङ्कल्पको साथमा सङ्घर्ष गरे। राष्ट्र ती वीर शहीदहरूप्रति सदैव ऋणी रहनेछ जसले देशको रक्षा गर्नको लागि सर्वोच्च बलिदान दिए। राज्यपालले शहीदहरूका वीरङ्गानाहरू तथा उनीहरूको परिवारप्रति पनि गहिरो कृतज्ञता प्रकट व्यक्त गरे।

राज्यपालले भने, कारगिलका वीरहरूको गाथा देशको राष्ट्रिय गौरवको एक अमेट अध्याय हो। उनले भने, आज 'आत्मनिर्भर भारत' -को दिशामा स्वदेशी रक्षा क्षमतालाई लगातार मजबुत बनाइँदैछ जसबाट भारतीय सशस्त्र बल अझ बढ़ी सशक्त बनिरहेको छ।

उनले आफ्नो सन्देशमा भने, कारगिलका वीर सैनिकहरूको साहस, शौर्य अनि सर्वोच्च बलिदानले भावी पिँढ़ीहरूलाई मातृभूमिको सेवा गर्नको लागि समर्पण, निष्ठा र अटुट सङ्कल्पको साथमा अगाड़ि बढ़्ने प्रेरणा दिरहनेछ।

राज्यपालले आफ्नो सन्देशको समापन जय हिन्द- को उद्घोषसितै गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande