मुख्यमन्त्रीले कारगिल विजय दिवसमा वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे
ps tamang


गान्तोक, 26 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले कारगिल विजय दिवसको पावन अवसरमा कारगिल युद्धका ती वीर योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्, जसको असाधारण साहस, अटल दृढ़ता तथा सर्वोच्च बलिदानले हाम्रो राष्ट्रको सार्वभौमिकता र अखण्डताको रक्षा गरेको थियो।

मुख्यमन्त्री सामाजिक सञ्जालमा आज जारी आफ्नो सन्देशमा भने, 'कारगिल विजय दिवसको यस गौरवमय अवसरमा सिक्किम सरकार तथा सिक्किमवासी जनताको तर्फबाट म कारगिल युद्धका ती वीर योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, जसको असाधारण साहस, अटल दृढता तथा सर्वोच्च बलिदानले हाम्रो राष्ट्रको सार्वभौमिकता र अखण्डताको रक्षा गरेको थियो।'

उनले कारगिलका अमर शहीदहरूको सम्मान गर्ने क्रममा सीमामा निरन्तर सतर्क भई अतुलनीय समर्पण र निःस्वार्थ सेवाभावका साथ राष्ट्रको सुरक्षा गरिरहेका सशस्त्र बलका ती वीर महिला तथा पुरुषहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। उनले उनीहरूको साहसले प्रत्येक भारतीयलाई प्रेरणा दिन्छ र देशभक्ति तथा त्यागको वास्तविक अर्थ स्मरण गराउँछ भनेका छन्।

मुख्यमन्त्रीले हाम्रा वीर सैनिकहरूको गौरवशाली विरासतले हाम्रो महान् राष्ट्रको एकता, शान्ति र सुरक्षालाई अक्षुण्ण राख्ने हाम्रो संकल्पलाई अझ सुदृढ़ बनाइरहोस् भनी कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande