
इम्फाल, 26 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बल एवं पुलिसले बितेको 24 घण्टामा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा ठूलो सफलता हासिल गर्दै हतियार, विस्फोटक, मादक पदार्थ अनि ड्रग्स तस्करसित सम्बन्धित नगद राशि जफत गऱ्यो। अभियानको क्रमा प्रतिबन्धित उग्रवादी सङ्गठनका केही सक्रिय क्याडरहरूलाई पनि पक्राउ गरियो।
आधिकारिक सूत्रले आइतवार बतायो, उखरूल जिल्लाको लितान थाना क्षेत्रस्थित शङ्गकाई र मोङ्गकोट चेपु गाउँ लगायत वरपरका क्षेत्रहरूमा सञ्चालित खोजी अभियानमा सुरक्षा बलहरूले स्थानीय निर्मित एउटा पोम्पी गन, एउटा 12 बोर राइफल, विभिन्न क्यालिबरका नौ वटा जिउँदो कारतुस, एउटा देशी मोर्टर शेल अनि एउटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) जफत गरे।
अर्को कारबाहीमा एनएच-37 को पटसोई लामखाईस्थित हाइवे अटो केयर वर्कशपमा छापामारी गरेर त्यहाँ रहेको एउटा पजेरो (एमएन-07डी-3481) वाहनबाट 346 ग्राम ब्राउन शुगरले भरिएका 30 वटा साबुनदानी जफत गरियो। यस मामिलामा वर्कशपका सह-मालिक उड़िसा निवासी शेख सलाउद्दीन (46) र पटसोई पार्ट-4 निवासी चोङ्गथम अनिलकुमार सिंह (38)-लाई पक्राउ गरियो।
यसै दिन मणिपुर पुलिसले थौबल बजारबाट प्रतिबन्धित उग्रवादी सङ्गठन यूएनएलएफ (पी)-का दुई जना सक्रिय क्याडरहरू क्रमैले मुतुम सैताराज सिंह उपनाम समलाङ्ग (31) औ थौनाओजाम राकेश मैतेई उपनाम अमुबा उपनाम पङ्गेइंगाक्पा (35)-लाई पक्राउ गऱ्यो। दुवै आरोपी सङ्गनको लागि नयाँ क्याडर भर्तीमा सामेल थिए। उनीहरूको कब्जाबाट एउटा मारूति सुजुकी स्विफ्ट कार पनि जफत गरियो।
यता इम्फाल पूर्व जिल्लाको पोरोमपट थाना क्षेत्रस्थित कोङ्गपाल खोङ्गखाम लेइकाईबाट केसीपी (सिटी मैतेई)- का सक्रिय क्याडर याइखोम अभिनाश मिती उपनाम नाओबा उपनाम अबी (26)-लाई पक्राउ गरियो।
मादक पदार्थ तस्करीको विरोधमा परिचालित कारबाही अन्तर्गत चुराचाँदपुर थानामा दर्ता एनडीपीएस अधिनियमको एक मामिलाको जाँच गर्ने क्रममा पुलिसले गाउचिनखुप वेङ्ग, न्यू लामका निवासी श्रीमती जेन्नगैहनियाङ्ग (56)-लाई पक्राउ गऱ्यो। उबाट ड्रग्स तस्करीबाट अर्जित गरेको आशङ्कामा 28,78,400 रुपियाँ नगद, पाँच वटा क्याश रजिस्टर तथा एउटा क्यास काउन्टिङ्ग मशिन जफत गरियो। जाँचमा थाहा लाग्यो, यी महिलाम्यानमारमा ड्रग व्यापारसित सम्बन्धित मानिसहरूलाई पैसा पठाउने गतिविधिमा सामेल थिई।
एक अन्य अभियानमा इम्फाल पश्चिम जिल्लाको लामसाङ्ग थाना क्षेत्रको अखाम-लामदेङ्ग मार्गबाट सुरक्षा बलहरूले दुई वटा संशोधित .303 राइफल, चार बोल्ट एक्शन सिङ्गल ब्यारल बन्दुक, चार वटा 9 एमएम पिस्तोल, एउटा चीनीयाँ ह्याण्ड ग्रेनेड तथा 15 वटा कारतुस जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा