
गुवाहाटी, 26 जुलाई (हि.स.)। गुवाहाटीको कुमार भास्कर वर्मा सेतुमा परिवारसित सेफ्ली खिच्दै गर्दा एकजना युवक ब्रह्मपुत्र नदीमा झऱ्यो। यस घटनापछि युवक बेपत्ता भएको छ।
पुलिसले आज बतायो, बेपत्ता युवकको पहिचान असमको ग्वालपाड़ा जिल्ला अधिनस्थ लक्षीपुर निवासी मिराजुल हकको रूपमा भएको छ। भनिन्छ, उसले परिवारसित पुलमा सेल्फी खिचिरहेको थियो, अचानक असन्तुलित भएर नदीमा झरे।
सूचना पाउनसाथ नदी पुलिसले घटनास्थलमा पुगी खोजी अभियान शुरू गऱ्यो। तथापि अन्तिम सूचना पाउँदासम्म पनि युवकको बारेमा कुनै सुइँको लागेको थिएन। नदी पुलिसद्वारा खोजी अभियानलाई यथावत राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा