बाढ़ी प्रभावित चराइदेव-शिवसागरका सय वटा प्राथमिक विद्यालयहरूलाई दुई-दुई लाखको सहायता दिइनेछ: मुख्यमन्त्री
बाढ़ी प्रभावित चराइदेव-शिवसागरका सय वटा प्राथमिक विद्यालयहरूलाई दुई-दुई लाखको सहायता दिइनेछ: मुख्यमन्त्री


गुवाहाटी, 27 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले फेसबुक लाइभको माध्यमबाट बितेको राती घोषणा गरे, बाढ़ी प्रभावित चराइदेव र शिवसागर जिल्लाका सय वटा प्राथमिक पाठशालाहरूलाई दुई-दुई लाख रुपियाँको सहयोग राशि प्रदान गरिनेछ।

मुख्यमन्त्रीले बताए, यस राशिको उपयोग विद्यालयहरूको मरम्मत, विद्यार्थीहरूको शिक्षा सम्बन्धी आवश्यकता अनि यूनिफर्म उपलब्ध गराउने जस्ताकार्यहरूमा गरिनेछ। उनले भने, समाजसेवी आध्यात्मिक संस्था सत्सङ्गद्वारा उपलब्ध गराइएको दुई करोड़ रुपियाँको सहयोगबाट यो सहायता प्रदान गरिँदैछ।

डा. सरमाले यो पनि घोषणा गरे, आगामी एक अगस्तदेखि असम विधानसभाको सत्र समाप्त भएपछि राज्य सरकारका सबै मन्त्रीहरूले बाढ़ी प्रभावित जिल्लाहरूको दौड़ाह गर्नेछन्।

उनले भने, मन्त्रीहरूले प्रभावित क्षेत्रहरूको निरीक्षण गरी नोक्सानको मूल्याङ्कन गर्नेछन् अनि पुनर्निर्माण तथा पुनर्वास कार्यहरूलाई द्रूत गतिमा अगाड़ि बढ़ाउनका लागि आवश्यक कदम उठाइनेछ। मुख्यमन्त्रीले भने, राज्य सरकार बाढ़ी प्रभावित क्षेत्रहरूको पुनर्निर्माण गर्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande