
गुवाहाटी, 27 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- को स्थापना दिवसमा बलका सबै जवानहरूलाई शुभकामना एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे।
सोशल मीडियामा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, सीआरपीएफका वीर जवानहरूले देशको सुरक्षा सुनिश्चित गर्नका साथै असमक बाढ़ प्रभावित क्षेत्रहरूमा पनि मानिसहरू काँधमा काँध मिलाएर साहस, मानवता एवं अटुट कर्तव्यनिष्ठको साथमा सेवा पुऱ्याइरहेका छन्।
मुख्यमन्त्रीले भने, राष्ट्रको सेवाप्रति सीआरपीएफ जवानहरूको समर्पण अनि उनीहरूको अतुलनीय योगदान प्रेरणादायक छ। उनले देशका यी वीर जवानहरूको निःस्वार्थ सेवाको लागि गहिरो कृज्ञता प्रकट गर्दै उनीहरूको उज्जवल भविष्य अनि निरन्तर सफलताको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा