
गुवाहाटी, 27 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार भारतका पूर्व राष्ट्रपति एवं महान वैज्ञानिक डा. एपीजे अब्दुल कलामको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, 'मिसाइल म्यान'- को नामले प्रसिद्ध डा. कलामले उपग्रह प्रक्षेपण यान प्रौद्योगिकी औ ब्यालिस्टिक मिसाइल विकासको माध्यमबाट भारतलाई प्रगतिको नयाँ शिखरसम्म पुऱ्याउनमा ऐतिहासिक योगदान दिए। उनको दूरदर्शी नेतृत्वमा भारतले विज्ञान अनि प्रौद्योगिकीको क्षेत्रमा विश्वस्तरमा एक विशिष्ट पहिचान स्थापित गरे।
उनले भने, विज्ञानको क्षेत्रमा उनको योगदानसँगसँगै देशका 11औं राष्ट्रपतिको रूपमा पनि उनका सेवाहरू अतुलनीय रहेका छन्। डा. कलामलाई जनताका राष्ट्रपति- को रूपमा स्मरण गर्दै मुख्यमन्त्रीले भने, आज पनि उनी देशका करोड़ौं युवाहरूका लागि प्रेरणाका श्रोत हुन्।
मुख्यमन्त्रीले डा. एपीजे अब्दुल कलामले राष्ट्र निर्माणमा पुऱ्याएका अमूल्य योगदानलाी स्मरण गर्दै उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा