
गुवाहाटी, 27 जुलाई (हि.स.)। असममा बाढ़ीसित जुझिरहेका हजारौं मानिसहरूको लागि वन विभाग राहतको ठूलो सहारा भएर उदाएको छ। शिवसागर जिल्ल्लाका सुदूरवर्ती तथा जलमग्न क्षेत्रहरूका लगभग पाँच हजार बाढ़ी प्रभावितहरूसम्म विभागीय कर्मचारीहरूले राहत सामग्री पुऱ्याए।
वन मन्त्री जयन्त मल्लबरुवाले साेमवार यस मानवीय पहलको सराहना गर्दै कर्मचारीहरूको साहस अनि सेवा भावनाको प्रशंसा गरे।
सोशल मीडिया प्लेटफर्म 'एक्स' -मा जानकारी साझा गर्दै बरूवाले बताए, गोलाघाट सोशल फरेस्ट्री डिभीजनका कर्मचारीहरूले बाढ़ीको पानीमा फसेका परिवारहरूसम्म पाकेको भोजन, औषधि, नयाँ कपड़ा तथा कीटनासक पुऱ्याउनका लागि नौकाबाट यात्रा गरे।
मन्त्रीले भने, यस अभूतपूर्व बाढ़ीको स्थितिमा वन विभाग असमका मानिसहरूको साथमा काँधमा काँध मिलाएर उभियो अनि कर्मचारीहरूले कठिन अवस्थामा पनि काम गर्दै उनीहरूसम्म राहत पुऱ्याए जो आवश्यक सेवाहरूदेखि विच्छिन्न भएका थिए।
टीमका प्रयासहरूको प्रशंसा गर्दै बरूवाले भने, विभागले सदैव कठिन घड़ीमा अगाड़ि आएर काम गरेको छ चाहे त्यो जङ्गल अनि वन्यजीवनहरूको सुरक्षा होस् वा प्राकृतिक आपदामा मानिसहरूलाई सेवा गर्नु। राहत अभियानलाई सफल तुल्याउनमा टीमका हरेक सदस्यको समर्पण, साहस अनि संवेदनाको सराहना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा