
कामरूप (असम), 27 जुलाई (हि.स.)। असमको कामरूप जिल्ला अधिनस्थ शालमारा न्यू मार्केट क्षेत्रमा पुलिसले अभियान सञ्चालन गरी एउटा पिस्तोल र तीन वटा जिउँदो गोली जफत गरेको छ। यस मामिलामा पुलिसले तीन जना युवकहरूलाई पक्राउ गरेको छ।
पुलिसले साेमवार बतायो, पक्रा पर्ने आरोपीहरूको पहिचान क्रमैले फैजुल इस्लाम, जहाँगीर आलम औ आशिक उल्लाहको रूपमा भएको छ। पुलिस अनुसार यी आरोपीहरू कुनै डकेटीको घटनालाई परिणाम दिने उद्देश्यले यहाँ आएका थिए।
अभियानको क्रममा पुलिसले आरोपीहरूको कब्जाबाट तीन वटा मोबाइल फोन र एएस-02-एक्यू-6778 नम्बरधारी एउटा वाहनलाई जफत गरेको छ। पुलिसले मामिलाको गहन अनुसन्धान गरेर यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि आरोपीहरू अन्य आपराधिक गतिविधिहरूमा सामेल थिए कि थिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा