मुख्यमन्त्री शुभेन्दु अधिकारी उत्तर बङ्गाल भ्रमणमा, जलपाईगुड़ी-सिलगढ़ीमा केही कार्यक्रमहरू निर्धारित
मुख्यमन्त्री शुभेन्दु अधिकारी उत्तर बङ्गाल भ्रमणमा, जलपाईगुड़ी-सिलगढ़ीमा केही कार्यक्रमहरू निर्धारित


सिलगढ़ी, 27 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी सोमवार उत्तर बङ्गालको भ्रमणमा रहनेछन्। जलपाईगुड़ी र सिलगढ़ीमा उनका केही महत्वपूर्ण सरकारी कार्यक्रमहरू निर्धारित रहेका छन्। मुख्यमन्त्रीको भ्रमणलाई लिएर प्रशासनले सबै तयारी लगभग पूरा गरिसकेको छ भने सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ।

जानकारी अनुसार मुख्यमन्त्री कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डाबाट अपरान्ह बागडोगरा तर्फ प्रस्थान हुनेछन्। बागडोगरामा आइपुगेपछि उनी हेलिकप्टरको माध्यमबाट जलपाईगुड़ी तर्फ प्रस्थान हुनेछन्।

जलपाईगुड़ी स्पोर्ट्स कम्प्लेक्समा पुगेपछि मुख्यमन्त्री सबैभन्दा पहिला जिल्ला प्रशासनिक भवन (डीएम कार्यालय)- मा आयोजित कार्यक्रममा सामेल हुनेछन्। त्यसपछि उनले हेलिकप्टरबाटै प्रसिद्ध जलपेश मन्दिरमा जाने

छन् जहाँ विशेष पूजा-अर्चनामा भाग लिनेछन्।

अपरान्ह लगभग 2 बजे मुख्यमन्त्री सिलगढ़ीस्थित मिनी शाखा सचिवालय उत्तरकन्यामा पुग्नेछन् जहाँ उनले वित्तमन्त्रीको उपस्थितिमा प्रशासनिक समीक्षा बैठकमा भाग लिनेछन् अनि विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गर्नेछन्।

साँझ चार बजी मुख्यमन्त्रीले सिलगढ़ीको बर्धमान रोडमा नवनिर्मित फ्लाइओभरको उद्घाटन गर्नेछन्।

मुख्यमन्त्रीको दौड़ाहलाई लिएर सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ। उत्तरकन्याको छेउमा अवस्थित हेलिप्याडमा हेलिकप्टरको ट्रायल रन पूरा गरिएको छ।

सम्पूर्ण परिसरलाई फ्लेक्स अनि ब्यानरहरूले सजाइएको छ भने ठूलो सङ्ख्यामा पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande