केन्द्रिय प्रतिनिधिमण्डलले गऱ्यो बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण
केन्द्रिय प्रतिनिधिमण्डलले गऱ्यो बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण


शिवसागर (असम), 27 जुलाई (हि.स.)। केन्द्रिय गृह मन्त्रालयका संयुक्त सचिव एम रामचन्द्रुडुको नेतृत्वमा 6 सदस्यीय केन्द्रिय प्रतिनिधिमण्डलले असमका बाढ़ी प्रभावित क्षेत्रहरूको दौड़ाह गरी स्थितिको जायजा लियो।

प्रतिनिधिमण्डलले सोमवार शिवसागर जिल्ला आयुक्त कार्यालयमा जिल्ला प्रशासनका अधिकारीहरूसित बैठक गरी बाढ़ीको स्थिति, राहत एवं पुनर्वास कार्यहरूको समीक्षा गऱ्यो।

यसअघि गए आइतवार उक्त टीमले चराइदेव जिल्लाको महमोरा औ सोनारीका बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण गरी क्षय-क्षतिको मूल्याङ्कन गर्नको साथै स्थानीय प्रशासनबाट पनि जानकारी हासिल गऱ्यो।

शिवसागरको भ्रमण पश्चात केन्द्रिय प्रतिनिधिमण्डलले आज नै जोरहाट अनि गोलाघाट जिल्लाको पनि दौड़ाह गरी नोक्सान तथा राहत कार्यहरूको निरीक्षण गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande