
पश्चिम बर्दवान, 27 जुलाई (हि.स.)। पश्चिम बर्दवानको दुर्गापुरमा सोमवार बिहान राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले व्यापक रूपमा कारबाही गर्दै मेन गेट संलग्न न्यू स्टील पार्क क्षेत्रमा बस्ने गुलाम रजाको घरमा छापामारी गऱ्यो। बिहान लगभग 7 बजे एनआईएका दुई वटा टीम स्थानीय पुलिसलाई लिएर उक्त ठेगानामा पुग्यो अनि सम्पूर्ण घरलाई घेराबन्दी गरेर घण्टौंसम्म खानतलासी गऱ्यो।
सूत्र अनुसार गुलाम रजा मूल रूपमा बिहारको मुजफ्फरपुर निवासी हुन् जो लगभग तीन वर्षअघि दुर्गापुरमा आएर न्यू स्टील पार्क क्षेत्रमा बसेका थिए। तिनी आफ्ना पत्नी र दुई छोरासित यहाँ बस्दै आएका छन्। खानतलासीमा एनआईए अधिकारीहरूले घरको दस्तावेज, मोबाइल फोन, ल्यापटप तथा अन्य इलेक्ट्रनिक उपकरणहरूको जाँच गराए। तथापि एजेन्सीले अहिलेसम्म कुनै आपत्तिजनक सामग्री भेटिएको छ कि छैन, स्पष्ट पारेको छैन।
प्रारम्भिक जानकारी अनुसार यो कारबाही एनआईएको कुनै मामिलाको जाँचको सिलसिलामा गरिएको हो। एजेन्सीले अहिले गुलाम रजाको सम्पर्क, गतिविधि तथा उसको डिजिटल रेकर्डको जाँच गरिरहेको छ। अहिलेसेम्म आधिकारिक रूपमा यो बताइएको छैन कि यो छापामारी कुनै मामिलासित सम्बन्धित छ, न त कुनै विशेष मामिलाको सम्बन्धमा कुनै पुष्टि गरिएको छ।
स्थानीय मानिसहरूको भनाइ छ, बिहान अचानक केन्द्रिय एजेन्सीका टीमहरू आउँदा क्षेत्रमा व्यापक खैलाबैला भयो।एनआईएका अधिकारीहरूले गरभित्र लामो समयसम्म जाँचबुझ गरे भने यस अवधिभरिमा कसैलाई पनि भित्र-बाहिर गर्ने अनुमति दिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा