बीरभूमको शहीद दिवस कार्यक्रममा तृणमूल विधायक काजल शेखमाथि अण्डा फालियो, 'चोर-चोर' को नारा लगाइयो
बीरभूमको शहीद दिवस कार्यक्रममा तृणमूल विधायक काजल शेखमाथि अण्डा फालियो, 'चोर-चोर' को नारा लगाइयो


बीरभूम, 27 जुलाई (हि.स.)। पश्चिम बङ्गालको बीरभूम जिल्लास्थित नानूरमा सोमवार आयोजित शहीद दिवस कार्यक्रममा तृणमूल कङ्ग्रेसका विधायक एवं बीरभूम जिल्ला परिषदका सभाधिपति काजल शेख (फैयेजुल हक)- लाई जनाक्रोशको सामना गर्नुपऱ्यो। बसापाड़ास्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरिरहेको समय केही मानिसहरूले उनीमाथि काँचो अण्डा फाले साथै काजल चोर तथा चोर-चोर- को नारा लगाए। त्यसबेला नानूरका विधायक बिधानचन्द्र माझी पनि उनको साथमा उपस्थित थिए। प्रदर्शनकारीहरूले दुवै नेताहरूको विरोधमा नाराबाजी समेत गरे।

जानकारी अनुसार सोमवार बिहान लगभग 10:30 बजे काजल शेख र विधायक बिधानचन्द्र माझी शहीद दिवसको अवसरमा बसापाड़ास्थित शहीद स्मारकमा पुष्पाञ्जली अर्पण गर्न पुगेका थिए। त्यहाँ माल्यार्पण गरिरहँदा अचानक केही मानिसहरूवे विरोध प्रदर्शन गर्न थाले अनि काजल शेखमाथि अण्डा फाले। कार्यक्रम समाप्त भएपछि उनी आफ्नो कारमा सवार हुन जाँदा पनि उनीमाथि अण्डा फालियो। घटनापछि केही समयसम्म क्षेत्रमा तनाउ फैलियो जसलाई पुलिसले नियन्त्रण गऱ्यो।

घटनापछि काजल शेखले भने, अण्डा फाल्ने मानिसहरूलाई यसअघि मैले कहिल्यै देखेको थिइनँ। तिनीहरू समाजविरोधी तत्वहरू हुन्। तिनीहरूले शहीद मञ्चको अपमान गरेका छन्। मलाई आशा छ, पुलिसले आरोपीहरूविरूद्ध उदाहरणात्मक कारबाही गर्नेछ।

प्रदर्शनकारीहरूले आफूहरूलाई तृणमूल वा अन्य कुनै गुट वा भाजपासित जोड़िएको पुष्टि गरेनन्।

उल्लेखनीय छ, 27 जुलाई, 2000-मा नानूरको सूचपुर औ बसापाड़ामा 11 जना भूमिहीन खेत श्रमिकहरू तथा तृणमूल कार्यकर्ताहरूको हत्या भएको थियो। उनीहरूको स्मृतिमा प्रत्येक वर्ष यहाँ शहीद दिवस मनाइन्छ। वर्ष 2001-देखि बसापाड़ा बस स्ट्याण्डमा शहीद स्मारक स्थापित भएदेखि तृणमूलले यहाँ श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आएको छ। मुख्यमन्त्री बन्नअघि ममता ब्यानर्जी पनि प्रत्येक वर्ष यस कार्यक्रममा सामेल हुन्थे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande