65 वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
सांकेतिक तस्वीर


दक्षिण 24 परगना, 27 जुलाई (हि.स.)। जिल्लामा 65 वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्रा परेको छ। घटना जयनगरको बकुलतला पुलिस थाना अन्तर्गत मायदा दक्षिणपारा क्षेत्रमा भएको हो। यस सम्बन्धमा पुलिसले एक जना युवकलाई पक्राउ गरेको छ।

पुलिस र स्थानीय सूत्रहरू अनुसार, आइतवार 65 वर्षीया महिला बगैँचामा घाँस काट्न गएकी थिइन्। सोही समय त्यस क्षेत्रका एक युवकले उनलाई एक्लै भेट्यो, उनको मुख र घाँटी बन्द गरी बलात्कार गरेको आरोप लगाइएको छ। घटनापछि महिला बेहोस भइन्। लामो समयपछि उनी घर नआएपछि परिवारका सदस्यहरूले उनको खोजी गर्नथाले। साँझमा उनी बेहोस अवस्थामा बगैँचामा फेला परिन्। त्यसपछि पुलिसलाई सूचित गरियो।

सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो र ती महिलालाई उपचारका लागि बरुईपुर महकुमा अस्पतालमा भर्ती गरायो, जहाँ उनको उपचार भइरहेको छ। पछि पीड़िताका परिवारका सदस्यहरूले बकुलतला पुलिस स्टेशनमा लिखित उजुरी दिए। उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande