प्रश्नपत्र लीक देशभरिकै लागि ठूलो समस्या भएको छ: दिलीप घोष
प्रश्नपत्र लीक देशभरिकै लागि ठूलो समस्या भएको छ: दिलीप घोष


कोलकाता, 27 जुलाई (हि.स.)। प्रश्नपत्र लीक देशभरिकै लागि ठूलोसमस्या भएको छ। सो मन्तव्य राज्यका पञ्चायत एवं ग्राम विकास मन्त्री दिलीप घोषले सोमवार बिहान पत्रकारहरूले सोधेका प्रश्नको जवाफस्वरूप व्यक्त गरेका हुन्।

उनले भने, प्रधानमन्त्रीले यस विषयमा लोकसभामा एउटा विधेयक प्रस्तुत गर्ने घोषणा गरेका थिए। त्यो कानूनलाई चाँड़ै ल्याइनेछ तथा त्यसको समय-सीमाको निर्धारण उचित समयमा गरिनेछ। उनले भने, प्रश्नपत्र लीक हुने घटनाहरू एउटा राज्यमा मात्र सीमित छैन जबकि देशभरिकै राज्य तथा केन्द्र दुवै स्तरमा गम्भीर समस्या भएको छ। यसबाट विद्यार्थीहरूको भविष्य सङ्कटमा परिरहेको छ भने अर्कोतिर यसको माध्यमबाट करोड़ौं रुपियाँ कमाइरहेको छ।

दिलीप घोषले भने, यो समस्याको स्थायी हल निकाल्नको लागि कानूनको प्रारूप तयार गरिँदैछ। यस विषयलाई लिएर सरकार पूर्ण रूपले प्रतिबद्ध छ। प्रश्नपत्र लीकको लागि जिम्मेवार व्यक्ति तथा उनीहरूका सहयोगीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। साथै भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिनका लागि आवश्यक सबै कदम उठाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande