हावड़ा स्टेशनमा 24 नम्बर प्लेटफार्म आरम्भ, 26 वटा डिब्बा भएका रेलगाड़ीहरूलाई पनि अटाउन सकिन्छ
हावड़ा स्टेशनमा 24 नम्बर प्लेटफार्म आरम्भ, 26 वटा डिब्बा भएका रेलगाड़ीहरूलाई पनि अटाउन सकिन्छ


कोलकाता, 27 जुलाई (हि.स.)। यात्रीाहरूको सुविधा बढ़ाउने उद्देश्यले सोमवार हावड़ा स्टेशनमा 24 नम्बर प्लेटफर्मको औपचारिक शुभारम्भ गरियो। यस प्लेटफर्मलाई सोमवारदेखि यात्रीहरूको लागि खोलिएको छ। रेलवे अनुसार यस प्लेटफर्ममा 24 तथा 26 वटा डब्बा भएको लामो दूरत्वका रेलगाड़ीहरूलाई पनि सहजै अटाउन सकिन्छ।

अहिलेसम्म हावड़ा स्टेशनको सबैभन्दा लामो प्लेटफर्म सङ्ख्या-नौ थियो। तर लामो दूरत्वका रेलगाड़ीहरूमा चढ़्दा-उत्रिँदा यात्रीहरूलाई विविध समस्याको सामना गर्नुपर्थ्यो। यसै समस्यालाई समाधान गर्दै रेलवेले नयाँ प्लेटफर्म निर्माण गर्ने निर्णय लिएको थियो।सोमवार यसको औपचारिक उद्घाटन गरी यसलाई यात्री सेवाको लागि समर्पित गरियो।

रेलवे सूत्र अनुसार यस प्लेटफर्मको निर्माण मुख्य रूपमा लामो दूरीका रेलगाड़ीहरूको सञ्चालनलाई ध्यानमा राखेर गरिएको हो। लगभग तीन करोड़ रुपियाँको लागतमा निर्मित यस प्लेटफर्मको लम्बाई 635 मीटर छ जुन हावड़ा स्टेशनको सबैभन्दा लामो प्लेटफर्ममा सामेल भएको छ।

रेलवेको मान्यता छ, नयाँ प्लेटफर्म शुरू भएपछि स्टेशनका अन्य प्लेटफर्महरूमा दबाव कम हुनेछ अनि रेल परिचालन अधिक सहज हुनेछ। सोमवार बिहान उद्घाटन भएपछि अपरान्हदेखि यसमा नियमित रेल सेवा आरम्भ गरियो। रेलवेले सङ्केत दियो, भविष्यमा यात्रीहरूको सङ्ख्या बढ़्यो भने यहाँ आधारभूत सुविधाहरूलाई अझ विस्तार गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande