आईआईटी गुवाहाटीका छात्रको शव परिसरभित्रै भेटियो, जाँचमा जुट्यो पुलिस
आईआईटी गुवाहाटीका छात्रको शव परिसरभित्रै भेटियो, जाँचमा जुट्यो पुलिस


गुवाहाटी, 27 जुलाई (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) गुवाहाटीका तेस्रो वर्षका एकजना बीटेक छात्रको शव संस्थानको शैक्षणिक परिसरमा भेटिएको घटनाले व्यापक खैलाबैला मचायो। पुलिसले आज बतायो, पुलिसले यस मामिलामा संदिग्ध आत्महत्याको एङ्गलबाट जाँच गरिरहेको छ। सूत्रले बतायो, यो घटना गए आइतवार अबेर राती लगभग 2.30 बजे भएको हो जसलाई आज सार्वजनिक गरियो।

प्रारम्भिक जानकारी अनुसार छात्र अकादमिक भवनको पाँचौं तलाबाट झरेका थिए। मृतकको पहिचान कम्प्यूटर साइन्स एण्ड इञ्जीनियरिङ्ग विभागको तेस्रो वर्षका छात्र औ ब्रह्मपुत्र होस्टल निवासी रितेश राज सिंहको रूपमा भएको छ।

संस्थानको सूत्र मुताविक रितेश मेधावी विद्यार्थी थिए जसले हालैमा वैश्विक निवेश ब्याङ्किङ्ग कम्पनी गोल्डम्यान स्याक्स मा इन्टर्नशिप पनि पाएका थिए।

आईआईटी गुवाहाटीका निदेशक प्रो. देवेन्द्र जलीहालले संस्थान समुदायलाई पठाएका आफ्नो सन्देशमा विद्यार्थीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यसलाई आईआईटी परिवारको लागि अपूर्णीय क्षति बताए। उनले भने, संस्थान मृतकको परिवारको सम्पर्कमा छ जसलाई हरसम्भव सहयोग प्रदान गरिँदैछ।

कामरूप पुलिसले यस सम्बन्धमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ। अधिकारीहरू अनुसार पोस्टमर्टम रिपोर्ट अनि जाँच पूरा भएपछि नै मृत्युको वास्तविक कारण बारे पत्तो लाग्नसक्छ। हाल सबै पाटो र पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिँदैछ।

यदि जाँचमा आत्महत्या गरेको पुष्टि भयो भने वर्ष 2026-मा आईआईटी गुवाहाटीमा यो घटना विद्यार्थीको पहिलो संदिग्ध आत्महत्याको ममिला हुनेछ। यसअघि वर्ष 2024-मा संस्थानका चार जना विद्यार्थीहरूले आत्महत्या गरेको घटनाले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, शैक्षणिक दबाव औ परामर्श व्यवस्थालाई लिएर गम्भीर चिन्ता उत्पन्न गराएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande