जङ्गीपुर नगरपालिकामा तृणमूललाई झट्का, चेयरम्यान मफिजुल इस्लामलाई पदच्युत गरियो
जङ्गीपुर नगरपालिकामा तृणमूललाई झट्का, चेयरम्यान मफिजुल इस्लामलाई पदच्युत गरियो


मुर्शिदाबाद, 27 जुलाई (हि.स.)। पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्ला अन्तर्गत जङ्गीपुर नगरपालिकामा तृणमूल काह्ग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ। चेयरम्यान मफिजुल इस्लामलाई अविश्वास प्रस्ताव पश्चात पदच्युत गरियो। सूत्रानुसार बैठक शुरू हुनअघि नै उनले चेयरम्यान पदबाट राजीनामा दिएका थिए। यसको साथै जङ्गीपुर नगरपालिकाको बोर्ड प्रभावी रूपमा भङ्ग भयो।

जानकारी अनुसार केही दिनअघि उपाध्यक्ष सन्तोष चौधरीको नेतृत्वमा एघार जना पार्षदहरूले मफिजुल इस्लामविरूद्घ अविश्वास प्रस्ताव ल्याएर यसलाई अनुमण्डल पदाधिकारी (एसडीओ)- को कार्यालयमा जमा गराएका थिए। त्यसपछिसोमवार यस प्रस्तावमाथि विचार गर्नको लागि विशेष बैठक डाकियो।

बैठकमा चेयरम्यान मफिजुल इस्लामको विरोधमा तृणमूल कङ्ग्रेसका 15 जना पार्षदहरू, माकपाका 3 जना पार्षदहरू अनि कङ्ग्रेसका एकजना पार्षदले मतदान गरे। भाजपाको कुनै पनि पार्षद बैठकमा उपस्थित थिएन। मतदानपछि उनलाई चेयरम्यान पदबाट हटाइयो।

स्मरण गराइन्छ, जङ्गीपुर नगरपालिकामा मोठ 21 वटा वार्डहरू छन्। पछिल्लो नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेसले 15 वटा सीट, माकपाले 3 वटा, कङ्ग्रेसले एउटा सीट जितेको थियो। पछि विपक्षका एकजना पार्षद पनि तृणमूलमा सामेल भएका थिए जसपश्चात तृणमूलले नगरपालिकाको बोर्ड गठन गर्दै मफिजुल इस्लामलाई चेयरम्यान र सन्तोष चौधरीलाई अध्यक्ष बनाइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande