असम विसको बजट सत्र निर्धारित समयभन्दा दुई दिन अगाड़ि 29 जुलाईमा समापन हुने
असम विसको बजट सत्र निर्धारित समयभन्दा दुई दिन अगाड़ि 29 जुलाईमा समापन हुने


गुवाहाटी, 28 जुलाई (हि.स.)। 16औं असम विधानसभाको बजट सत्रको समापन निर्धारित समयभन्दा दुई दिन अगावै 29 जुलाईमा हुन गइरहेको छ। यस आशयको घोषणा आज असम विधानसभाका अध्यक्ष रञ्जीत कुमार दासले प्रश्नकाल समापन भएपछि सदनलाई अवगत गराउँदै गरेका हुन्।

उनले भने, असममा आएको विनाशकारी बाढ़ीले गर्दा राहत एवं बचाउ कार्यहरू भइरहेका छन्। विधायकहरूले बाढ़ी प्रभावित क्षेत्रहरूमा पुगेर मानिसहरूलाई सहयोग गरिरहेका छन्। यी सबै कुराहरूलाई मध्यनजर गर्दै बितेको सोमवार सदनको कार्य उपदेष्टा समितिको बैठकले सदनको कारबाहीलाई समयभन्दा दुई दिन अगावै समापन गर्ने निर्णय लियो। अध्यक्षको यस निर्णयलाई विधायकहरूले स्वागत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande