दिल्लीमा 650करोड़को कथित औषधि घोटालाका महत्वपूर्ण फाइलहरू हराए, सरकारले जवाफ दिनुपर्छः भारद्वाज
दिल्लीमा 650करोड़को कथित औषधि घोटालाका महत्वपूर्ण फाइलहरू हराए, सरकारले जवाफ दिनुपर्छः भारद्वाज


नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा) का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले दिल्ली सरकारमाथि 650 करोड़ रुपियाँको कथित स्वास्थ्य घोटालासित सम्बन्धित महत्वपूर्ण फाइलहरू हराएको आरोप लगाए। उनले भने, औषधि, बेडशीट, ओआरएस, एक्स-रे मशिन तथा अन्य चिकित्सा उपकरणहरूको खरिदसित सम्बन्धित टेण्डर, सप्लाई अर्डर, वर्क अर्डर तथा वितरणको रेकर्ड उपलब्ध छैन।

भारद्वाजले मङ्गलवार एक बयानमा दाबी गरे, दिल्ली सरकारका कार्यालयहरूमा 24 घण्टै सीसीटीभी निगरानी तथा सुरक्षा व्यवस्था रहन्छ। यस्ता फाइलहरू हराउनुले गम्भीर प्रश्न उत्पन्न गर्छ। उनले मुख्यमन्त्री रेखा गुप्तासित प्रश्न गरे, यी फाइलहरू आखिर कसरी हराए त?

आआपा नेताले आरोप लगाए, स्वास्थ्य उपकरणहरू औ सामग्रीहरूको खरिदमा ठूलो धाँधली भएको छ। उनले भने, 10–11 लाख रुपियाँको एक्स-रे मशिन 30–32 लाख रुपियाँमा खरिद गरियो, 50 लाख ओआरएसको प्याकेट उच्च मूल्यमा खरिद गरियो, 16 लाखभन्दा अधिकको बेडशीट लगभग 75 करोड़ रुपियाँमा खरिद गरियो तथा 100 करोड़ रुपियाँको औषधि 400 करोड़ रुपियाँमा खरिद गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande