
नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले मङ्गलवार द्वारका सेक्टर-29 मा आधुनिक डग शेल्टरको आधारशिला राखे। यसलाई दिल्ली नगरनिगमले बनाउनेछ। यस अवसरमा मेयर प्रवेश वाही,सांसद रावीर बिधुड़ी, विधायक कैलाश गहलोतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम पश्चात उपराज्यपालले एक्स पोस्टमा भने, लगभग 6,050 वर्ग मीटरमा फैलिएको यो सुविधाले भुस्याह कुकुरहरूको लागि सुरक्षित आश्रय, हेरचाह तथा पुनर्वासको व्यवस्था गर्नेछ। यसमाआधुनिक इन्फ्रास्ट्रक्चर हुनेछ जसले कुकुरहरूको भलाई र स्वास्थ्यको ध्यान राख्नेछ। उपराज्यपालले यस अतिरिक्त स-साना जनावरहरूको लागि एकमात्र श्मशान केन्द्रको पनि भ्रमण गरे। साथै निगमलाई सल्लाह दिए, उसले पशु कल्याण सङ्गठनहरू, डग लभर्स, पशु चिकित्सकहरू औ विषय विशेषज्ञहरूलाई सक्रिय रूपमा सामेल गरोस् ताकि उनीहरूको अनुभव र ज्ञानबाट यी पहलहरूलाई दिगो तथा संवेदनशील ढङ्गमा आकार दिन सकियोस्।
उपराज्यपालले भने, यो प्रोजेक्ट पब्लिक-प्राइभेट पार्टनरशिपको एउटा उत्कृष्ट उदाहरण हो। जीएमआर वरलक्ष्मी फाउण्डेशनको सीएसआर सहयोगले यसलाई निगमको लागि शून्य लागतमा विकसित गरिँदैछ जसबाट पशु कल्याणप्रति दिल्लीको प्रतिबद्धता अझ मजबुत हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा