
गुवाहाटी, 28 जुलाई (हि.स.)। असममा आएको बाढ़ीको पानी अब लगातार घट्दै गइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरूको सङ्ख्या पनि द्रूत गतिमा घट्दै गइरहेको छ। तर बाढ़ीले निम्त्याएको विध्वंशले क्षेत्रको रूप नै फेरिएको भएको छ। यसपालि बाढ़ी आएका क्षेत्रहरू सामान्य रूपमा प्रभावित क्षेत्रहरू थिएनन्, त्यसैले यसपालि नोक्सान अनुमानभन्दा कैयौं अधिक भएको छ। बाढ़ीको मुख्य कारण छिमेकी राज्य नागाल्याण्डमा बादल फाटेर अचानक आएको भेल हो। यसले नागाल्यण्ड सहित असमका शिवसागर, चराइदेव एवं जोरहाट जिल्लालाई पूर्ण रूपले प्रभावित बनायो। खेतमा तयार फसल बर्बाद भयो। अहिलेघरि मानिसहरू घर, सड़क विद्यालयमा पानीसितै आएको माटोको लेदो सफा गर्नमा जुटेका छन्।
असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए)-द्वारा गए 27 जुलाईमा जारी आँकड़ा अनुसार राज्यमा कसैको पनि निधन भएको समाचार प्राप्त भएको छैन। राज्यमा आएको यस प्राकृतिक आपदामा अहिलेसम्ममा 68 जनाले ज्यान गुमाइसकेका छन्। धनसिरी (नुमालीगढ़) नदी खतराको निशानदेखि माथि बगिरहेको छ। सरकार युद्धस्तरमा राहत एवं बचाउ कार्यको लागि सबै किसिमको उपाय गर्नमा जुटेको छ। बाढ़ीबाट अहिलेघरि 6 वटा जिल्लाहरू क्रमैले शिवसागर, गोलाघाट, चराइदेव, जोरहाट, नगाउँ एवं कामरूप (मेट्रो) प्रभावित भएका छन्। यी जिल्लाहरूका 21 वटा राजस्व मण्डलहरूका 631 वटा गाउँहरू प्रभावित छन्। राज्यको मोठ जनसङ्ख्याको 445495 मानिहरू एवं 37139.52 हेक्टेयर कृषि भूमि पानीमा डुबेका छन्।
राज्य सरकारले 90 वटा राहत शिविर एवं 94 वटा राहत वितरण केन्द्र समेत 184 वटा शिविरहरूलाई सञ्चालन गरिरहेको छ। राहत शिविरहरूमा 28695 मानिसहरूले आश्रय लिएका भने भने राहत वितरण केन्द्रहरूबाट 51777 गैर-शिविर निवासी राहत प्राप्त गरिरहेका छन्।
राहत एवं बचाउ अभियानमा एसडीआरएफ, सेना/अर्धसैनिक बल, एनडीआरएफ, डीडीआरएफ, एयर फोर्स, पुलिस, अग्निशमन औ आपातकालीन सेवा (एफ एण्ड ईएस), सर्कल कार्यालय/स्थानीय प्रशासन, नागरिक सुरक्षा/प्रशिक्षित स्वयंसेवक तथा अग्निशमन विभाग जुटेका छन्। 67 वटा नौकाहरूलाई पनि राहत कार्यमा खटाइएको छ। नौकाहरूको माध्यमबाट 59 जना मानिसहरूसँगसँगै 36 वटा पशुहरूलाई बचाएर सुरक्षित स्थानमा पुऱ्याइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा