मादक पदार्थहरूको बिक्रीको विरोधमा महिलाहरूले गरे प्रदर्शन, पसलमा तोड़फोड़
मादक पदार्थहरूको बिक्रीको विरोधमा महिलाहरूले गरे प्रदर्शन, पसलमा तोड़फोड़


पश्चिम मेदिनीपुर, 28 जुलाई (हि. स.)। जिल्लाको बेलदा थाना अन्तर्गत देउली अस्पताल रोड क्षेत्रमा कथित रूपमा मदिरा सहित अन्य किसिमका मादक पदार्थहरूको अवैध बिक्रीको विरोधमा स्थानीय महिलाहरूले लौरो आदि बोकेर प्रदर्शन गरे। प्रदर्शन गर्ने क्रममा एउटा पान-चियाको पसलमा तोड़फोड़ गरिएको पनि आरोप छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ।

स्थानीय महिलाहरूको आरोप छ, सम्बन्धित पसलमा पछिल्लो लामो समयदेखिकै अवैध रूपमा मादक पदार्थहरू बिक्री गर्दै आएको थियो भने रात परेपछि पसलमा नियमित रूपमा रक्सी खाने मानिसहरूको जमघट हुन्थ्यो। उनीहरूको भनाइ छ, यसले गर्दा क्षेत्रका युवावर्ग पनि नशाको कुलतमा फसिरहेका छन् भने अनेकौं परिवारहरूको वातावरण प्रभावित भइरहेको छ।

महिलाहरूले बताए, गत आइतवार पसल सञ्चालकलाई यस गतिविधिलाई बन्द गर्ने चेताउनी दिइएको भए पनि सोमवार अबेर राती फेरि कथित रूपमा नशाको अड्डा सञ्चालन भएको सूचना पाएपछि ठूलो सङ्ख्यामा महिलाहरू भेला भएर विरोध प्रदर्शन गर्नका लागि त्यहाँ पुगे।

प्रदर्शनकारी महिलाहरूले कड़ा चेताउनी दिए, देउली र यस वरपरका क्षेत्रहरूमा कुनै पनि प्रकारको मादक पदार्थको बिक्री अनि नशाको अड्डा सञ्चालन गर्न दिइनेछैन। उनीहरूले पुलिस-प्रशासनसित क्षेत्रमा अवैध मादक पदार्थको कारबारविरूद्ध व्यापक अभियान सञ्चालन गरी यस्ता सबै ठेगानाहरूमा कड़ा कारबाही गर्ने माग गरे।

स्थानीयहरूले थप आरोप लगाए, प्रशासनले मादक पदार्थोंविरुद्ध अभियान चलाएको दाबी गरे पनि धरातलीय स्तरमा पर्याप्त मात्रामा निगरानी भएको छैन। त्यसैले सर्वसाधारण मानिसहरूले यसको दुष्परिणाम भोग्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande