सक्रिय मनसुनको कारणले पश्चिमबङ्गालका केही जिल्लाहरूमा घना वर्षा हुने चेताउनी
सक्रिय मनसुनको कारणले पश्चिमबङ्गालका केही जिल्लाहरूमा घना वर्षा हुने चेताउनी


कोलकाता, 28 जुलाई (हि.स.)। सारा पश्चिम बङ्गालमा मङ्गलवार मनसुनी गतिविधि सक्रिय रहने सम्मभावना छ। मौसम विज्ञान विभाग अनुसार राज्यका अधिकांश भागहरूमा हल्कादेखि मध्यम वर्षा, मेघ गर्जन तथा कतिपय स्थानहरूमा भारी वर्षा हुनसक्छ। दक्षिण बङ्गालका पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया तथा वरपरका जिल्लाहरूमा कतै-कतै घना वर्षा हुने अनुमान छ। तटीय जिल्लाहरू क्रमैले पूर्व मेदिनीपुर र दक्षिण 24 परगना सहित केही क्षेत्रहरूमा 30-50 किलोमीटर प्रतिघण्टाको गतिले झोकादार हावा चल्नसक्छ।

मौसम विभाग अनुसार राज्यमा अधिकतम तापमान 28-31 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 26 डिग्री सेल्सियस रहने अनुमान छ। आद्रता 85-94 प्रतिशतबीच रहनाले मानिसहरूलाई आद्रताजन्य समस्याहरूको सामना गर्नुपर्नेछ।

दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, नदिया तथा वरिपरीका जिल्लाहरूमा दिनभरि बादल लाग्ने तथा अपरान्हपछि वा साँझको समयमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसरी नै उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार जिल्लामा पनि वर्षाको सिलसिला जारी रहने अनुमान लगाइएको छ।

यता मौसम विभागको पूर्वानुमान अनुसार कोलकातामा मङ्गलवार अधिकतम तापमान लगभग 31 डिग्री सेल्सियस औ न्यूनतम तापमान 26 डिग्री सेल्सियस रहने सम्भावना छ। दिनभरि बादल लागिरहनेछ भने बीच-बीचमा वर्षा अनि मेघ गर्जनको स्थिति उत्पन्न हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande