जोरहाटमा बाढ़ीको स्थितिको समीक्षा, केन्द्रिय दलले गऱ्यो उच्चस्तरीय बैठक
जोरहाटमा बाढ़ीको स्थितिको समीक्षा, केन्द्रिय दलले गऱ्यो उच्चस्तरीय बैठक


जोरहाट (असम), 28 जुलाई (हि.स.)। असमका बाढ़ी प्रभावित क्षेत्रहरूको भ्रमण गरिरहेको केन्द्रिय प्रतिनिधिमण्डलले मङ्गलवार जोरहाटमा पुगेर यहाँको जिल्ला आयुक्त कार्यालयमा बाढ़ीको स्थितिलाई लिएर लगभग एक घण्टासम्म महत्वपूर्ण समीक्षा बैठक गऱ्यो।

गृह मन्त्रालयका संयुक्त सचिव एम. रामचन्द्रुडुको नेतृत्वमा रहेको 6 सदस्यीय केन्द्रिय पर्यवेक्षक दलले बैठकमा बाढ़ीबाट भएका क्षय-क्षति, राहत एवं पुनर्वास कार्य तथा प्रशासनले उठाइरहेका कदमहरूको जानकारी लियो।

केन्द्रिय दलले राज्यका बाढ़ी प्रभावित क्षेत्रहरूमा पुगेर धरातलीय निरीक्षण गरी स्थितिको मूल्याङ्कन गरिरहेको छ। निर्धारित कार्यक्रम अनुसार प्रतिनिधिमण्डल मङ्गलवार अपरान्ह गोलाघाट तर्फ प्रस्थान हुनेछ भने त्यहाँ पनि बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण केन्द्रिय दलले गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande