
झाड़ग्राम, 28 जुलाई (हि.स.)। विश्व आदिवासी दिवसको कार्यक्रममा सामेल हुनका लाागि राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी आगामी 9 अगस्तका दिन झाड़ग्रामको दौड़ाहमा आउनेछन्। मुख्यमन्त्री पदको भार ग्रहण गरेपछि उनको यो पहिलो झाड़ग्राम दौड़ाह हुनेछ। मुख्यमन्त्रीको दौड़ाहलाई लिएर प्रशासनिक स्तरमा तयारीलाई तीव्रता दिइएको छ।
यसै कार्यक्रमलाई लिएर गए सोमवार साँझ झाड़ग्राम जिल्ला मेजिस्ट्रेट कार्यालयमा एक महत्वपूर्ण तयारी बैठक आयोजना गरियो। बैठकमा आदिवासी विकास विभागका मन्त्री क्षुदिराम टुडू, पशुपालन एवं पशु संसाधन विकास विभागका स्वतन्त्र प्रभार मन्त्री राजेश महात, कृषि विभागका राज्य मन्त्री अमिय किस्कू, झाड़ग्रामका विधायक लक्ष्मीकान्त साव, बिनपुरका विधायक प्रणत टुडू, जिल्ला मेजिस्ट्रेट आकाङ्क्षा भास्कर, पुलिस अधीक्षक मानव सिङ्गला सहित जिल्ला प्रशासन अनि पुलिसका केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
प्रशासनिक सूत्र अनुसार मुख्यमन्त्री आगामी नौ अगस्तमा हेलिकप्टर मार्फत झाड़ग्राममा आउनेछन्। विश्व आदिवासी दिवसको मुख्य कार्यक्रममा भाग लिनका साथै जिल्लासित सम्बन्धित विभिन्न विषयहरूमा पनि प्रशासनिक स्तरमा तयारी गरिँदैछ।स्था एवं अन्य सबै आवश्यक तयारीहरू युद्धस्तरमा भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा