
पश्चिम मेदिनीपुर, 28 जुलाई (हि. स.)। जिल्लाको दासपुर थाना क्षेत्रस्थित चाँइपाटमा भएको मोटरसाइकल दुर्घटनामा एकजना युवकको मृत्यु भयो।मृतकको पहिचान चाँइपाटको बेलडाङ्गा निवासी सुजय अधिकारी (28)- को रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार गए सोमवार अबेर राती लगभग 11 बजे सुजय अधिकारी गोपीगञ्जदेखि चाँइपाट तर्फ मोटर साइकलमा सवार भएर गइरहेका थिए। फरिदपुर पेट्रोल पम्प अगाड़ि उनको मोटरसाइकल अनियन्त्रित भएर सड़क किनारमा राखिएको बालुवाको थुप्रो तथा अन्य निर्माण सामग्रीसित ठोक्किएर माथि चढ़्यो। यस भयानक ठक्कर पश्चात सड़कमा झरेका सुजयको टाउको सहित शरीरका विभिन्न भागहरूमा गम्भीर चोट लाग्यो।
स्थानीय मानिसहरूले उनलाई सोनाखाली ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ प्राथमिक उपचारपछि पनि उनको अवस्था गम्भीरै रहिरह्यो। पछि उपचारको क्रममा उनको मृत्यु भयो। घटनापछि क्षेत्रको स्थिति तनाउपूर्ण भयो।
स्थानीय मानिसहरूको आरोप छ, सड़क किनारमा बालुवा तथा अन्य निर्माण सामग्री राखिएको कारणले यो दुर्घटना भएको हो। केही प्रत्यक्षदर्शीहरूले दाबी गरे, युवकले द्रूत गतिमा मोटरसाइकल हाँकिरहेका थिए। तथापि यी दाबीहरूको आधिकारिक पुष्टि भएको छैन।
पुलिसले मामिला दर्ता गरी दुर्घटनाको वास्तविक कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा