निम्न दबावको कारणले दिघा सहित तटीय पर्यटन स्थलहरूमा सङ्कट, पर्यटकहरू होटलहरूमा कैद
निम्न दबावको कारणले दिघा सहित तटीय पर्यटन स्थलहरूमा सङ्कट, पर्यटकहरू होटलहरूमा कैद


पूर्व मेदिनीपुर, 28 जुलाई (हि.स.)। बङ्गालको खाड़ीमा विकसित निम्न दबावको प्रभावले दक्षिण बङ्गालमा जारी वर्षा अनि तीव्र हावाले पूर्व मेदिनीपुरका समुद्री पर्यटन स्थलहरूको जीवन्तता फिका भएको छ। मङ्गवार बिहानदेखि नै तूफानी वर्षा भइरहेकोले दिघा, शङ्करपुर, मन्दारमणि तथा ताजपुरमा समुद्र अत्यधिक बढ़ेको छ। फलस्वरूप पर्यटकहरू होटलमै बस्न बाध्य भएका छन्।

अलिपुर मौसम विभाग अनुसार निम्न दबावको प्रभावले क्षेत्रमा निरन्तर पानी परिरहेको छ। ज्वारको कारणले समुद्रको जल सामान्यभन्दा अधिक भित्रसम्म आइपुगेको छ जसबाट समुद्र तटमा जानु अनि समुद्रमा स्नान गर्नु जोखिमपूर्ण भएको छ।स्थानीय प्रशासनले पर्यटकहरूलाई समुद्र तटमा अनावश्यक भीड़ एकत्र नहुने तथा सुरक्षित दूरी राख्ने सल्लाह दिएको छ।

प्रतिकूल मौसमको कारणले पर्यटकहरूको समुद्र स्नान, समुद्र तटमा भ्रमण, सूर्योदय औ सूर्यास्त हेर्ने सहित अन्य पर्यटन योजनाहरू प्रभावित भएका छन्। अधिकांश पर्यटकहरू दिनभरि नै होटलका कोठाभित्र बिताउन बाध्य छन्।

मौसम विभागले राहतको सम्भावना व्यक्त गरिएको छ। पूर्वानुमान अनुसार बुधवारदेखि वर्षाको तीव्रता घट्नसक्छ। निम्न दबावको प्रभाव कमजोर हुनका साथै तटीय क्षेत्रहरूको स्थितिमा बिस्तारै सुधार आउने सम्भावना छ जसबाट सप्ताहको मध्यसम्ममा पर्यटन गतिविधिहरू सामान्य हुने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande