मणिपुरमा तीन वटा प्रतिबन्धित उग्रवादी सङ्गठनका चार जना क्याडरहरू पक्राउ
मणिपुरमा तीन वटा प्रतिबन्धित उग्रवादी सङ्गठनका चार जना क्याडरहरू पक्राउ


इम्फाल, 28 जुलाई (हि.स.)। मणिपुर पुलिसले राज्यमा सञ्चालित समन्वित अभियानमा तीन वटा प्रतिबन्धित उग्रवादी सङ्गठनहरूका चार जना सक्रिय क्याडरहरूलाई पक्राउ गरेको छ। यो कारबाही काकचिङ्ग, इम्फाल पूर्व औ इम्फाल पश्चिम जिल्लामा गरिएको हो।

पुलिसले काकचिङ्ग जिल्लाको सुगनू थाना अन्तर्गत नुङ्गू लामखाईबाट प्रतिबन्धित सङ्गठन सोरेपाका दुई जना सक्रिय क्याडरहरू क्रमैले मार्कस थियाम उपनाम टमपोक (22) र हेकरुजाम विलियम मैतेई (22)-लाई पक्राउ गऱ्यो। दुवै नै खोङ्गयाम माखा लैकाई निवासी रहेको बताइएको छ।

अर्को अभियानमा पुलिसले प्रतिबन्धित सङ्गठन आरपीएफ/पीएलएका सक्रिय सदस्य येङ्द्रेमबाम अथौबा मैतेई उपनाम अटोम्बा उपनाम ताखेलङ्गबा (21) -लाई पोरोमपट थाना क्षेत्रको न्यू लाम्बुलानेस्थित एक परित्यक्त घरबाट पक्राउ गरियो जो तेङ्गनौपाल जिल्लाको मोरेह प्रेमनगर वार्ड नम्बर- 4 का निवासी हुन्।

यसरी नै पुलिसले इरिलबुङ्ग थाना क्षेत्रको लाङ्गदुम लामखाईबाट प्रतिबन्धित सङ्गठन केसीपी (एमएफएल)- का सक्रिय सदस्य एवं कथित असुलीकर्ता येङ्सेनबाम चन्द्रसेन मैतेई उपनाम पासे (52)-लाई पक्राउ गऱ्यो।

पुलिस अनुसार यी पक्राउहरू राज्यमा उग्रवादी गतिविधिहरूमाथि लगाम लगाउन तथा बलजफ्ती असुलीको नेटवर्कलाई ध्वस्त बनााउने उद्देश्यले सञ्चालित अभियानहरूको एक भाग हो। सबै मामिलाको अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande