कुल्टीमा अवैध फलाम व्यापारविरूद्ध पुलिसको ठूलो कारबाही, दुई जना पक्राउ
कुल्टीमा अवैध फलाम व्यापारविरूद्ध पुलिसको ठूलो कारबाही, दुई जना पक्राउ


पश्चिम बर्दवान, 28 जुलाई (हि.स.)। कुल्टी थाना अधिनस्थ नियामतपुर पुलिस चौकीको टीमले राधानगर क्षेत्रमा सञ्चालित एक कथित अवैध फलाम कटाई फ्याक्ट्रीमा छापामारी गऱ्यो। यस छापामारीमा पुलिसले लगभग चार हजार किलोग्राम फलामको रड, एउटा ग्यास कटर मशिन, एउटा वेट मशिन तथा कटाईमा उपयोग हुने अन्य उपकरणहरूलाई जफत गऱ्यो।

पुलिसले बताए अनुसार उक्त फ्याक्ट्रीलाई कथित रूपमा बबलू साव नामक व्यक्तिले सञ्चालन गर्दै आएका थिए। छापामारी अवधि घटनास्थलमा काम गरिरहेका जय कुमार र रवि दासलाई पक्राउ गरियो जसलाई मङ्गलवार आसनसोल जिल्ला अदालतमा पेश गरियो। पुलिसले आरोपीहरूसित जाँचबुझ गर्नको लागि सात दिनको पुलिस हिरासतको माग गरेको छ।

पुलिस मामिलाको जाँचमा जुटेको छ। प्रारम्भिक जाँचमा एक सङ्गठित गिरोह सक्रिय रहेको आशङ्का व्यक्त गरिएको छ। छापामारी हुने सूचना पाएर सञ्चालक बबलू साव घटनास्थलबाट भागे। उसलाई पक्राउ गर्नको लागि पुलिसले सम्भावित ठेगानाहरूमा छापामारी गरिरहेको छ।

कुल्टी-नियामतपुर औद्योगिक क्षेत्रमा पछिल्लो लामो समयदेखिकै अवैध फलाम कटाई अनि चोरीको फलामको व्यापार हुँदै आएको सिकायत प्राप्त भएको थियो। स्थानीय मानिसहरूको आरोप छ, राजनीतिक संरक्षणको कारणले वर्षौंसम्म यस अवैध व्यापारमाथि कुनै प्रभावकारी कारबाही हुन सकेको थिएन।

पुलिसले स्पष्ट पारेको छ, अवैध फलाम कारबाहविरूद्ध अभियान आगामी दिनमा पनि जारी रहनेछ। यस मामिलामा जँचको आधारमा आवश्यक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande