राजस्थानबाट फर्किँदा बेपत्ता भए पाँशकुड़ाका प्रभावी श्रमिक, जाँच तीव्र
राजस्थानबाट फर्किँदा बेपत्ता भए पाँशकुड़ाका प्रभावी श्रमिक, जाँच तीव्र


पूर्व मेदिनीपुर, 28 जुलाई (हि.स.)। जिल्लाको पाँशकुड़ा थाना अन्तर्गत देहाटी गाउँ निवासी प्रवासी श्रमिक सन्तु मण्डल राजस्थानबाट घर आाउने क्रममा रहस्यमय ढङ्गमा बेपत्ता भएका छन्। परिवारको सिकायत पश्चात हावड़ा रेल जीआरपी तथा पाँशकुड़ा जीआरपीले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिसले अब सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। तर मङ्गलवार बिहानसम्म उनको बारेमा कुनै सुइँको पाइएको थिएन।

परिवारजन अनुसार सन्तु मण्डल गत 16 जुलाई, रथयात्राको दिन कामको खोजीमा राजस्थानको जोधपुर गएका थिए। केही दिन काम गरेपछि तिनले घर फर्किने निर्णय गरे। परिवारले बतायो, गत 23 जुलाईको राती 11:55 बजे जोधपुर-हावड़ा एक्सप्रेसमा सवार भएपछि उनले आफ्नो काकाको छोरा (भाइ)-लाई फोन गरेर आफू घर आइरहेको जानकारी दिएका थिए। दोस्रो दिनको बिहान लगभग 10 बजे फेरि सन्तुले फोन गरेर बताए, दुई जना मानिसहरूले उसलाई पछ्याइरहेका छन्। केही समयपछि तिनले फेरि फोन गरेर आफ्नो रेल टिकट खोसिसकेको बताउँदै तत्काल 500 रुपियाँ पठाइदिन भन्यो। परिवारले फोन-पेो माध्यमबाट 500 रुपियाँ पठाइदियो। त्यसपछिदेखि तिनको मोबाइल फोन बन्द भएको छ। तबदेखि नै परिवारसित तिनको कुनै सम्पर्क हुन सकेको छैन।

घटनापछि परिवारजन पहिला पाँशकुड़ा थानामा पुगे जहाँबाट उनीहरूलाई हावड़ा रेले जीआरपीसित सम्पर्क गर्ने सल्लाह दिइयो। त्यसपछि हावड़ा रेल जीआरपीमा लिखित सिकायत दर्ता गरियो। साथै पाँशकुड़ा जीआरपीमा पनि सिकायत गरिएको छ।

पुलिसले सन्तु मण्डललाई खोज्न शुरु गर्दै रेलवे स्टेशनहरूको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। यद्यपि अहिलेसम्म तिनको बारेमा केही पत्तो लाग्न सकेको छैन।

अर्कोतिर एकमात्र छोरा बेपत्ता भएपछि तिनकी विदुई आमा गहिरो शोकमा परेकी छन्। उनले प्रशासनसित यथाशीघ्र सन्तु मण्डलको बारेमा पत्तो लगाएर तिनलाई सुरक्षित घर फर्काउने गुहार मागेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande