पुरूलिया रेलवे स्टेशनबाट नाबालिकाको उद्धार
पुरूलिया रेलवे स्टेशनबाट नाबालिकाको उद्धार


पुरुलिया, 28 जुलाई (हि.स.)। राजकीय रेलवे पुलिस (जीआरपी) -ले पुरुलिया रेलवे स्टेशनबाट एकजना नाबालिकालाई सुरक्षित उद्धार गरी आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि संरक्षण गृहमा पठाइदियो।

पुलिस अनुसार गत 27 जुलाई, सोमवार साँझ पुरूलिया रेलवे स्टेशनको प्लेटफर्म नम्बर-2 मा एकजना नाबालिकालाई एक्लै तथा उद्देश्यहीन अवस्थामा घुम्दै गरेको देखियो। ड्यूटीमा तैनाथ जीआरपी कर्मीहरूले उसलाई आफ्नो संरक्षणमा लिेर स्टेशनस्थित बाल हितैषी कक्षमा पुऱ्याए जहाँ महिला आरक्षीले उसको हेरचाह गरिन्।

परामर्शको क्रममा बालिकाले आफ्नो नाम रूबिना परबिन बताउँदै आफू पुरूलिया जिल्लाको बड़ा बजार थाना क्षेत्रस्थित आफ्नो घरबाट निक्लेको बताई।

त्यसपछि सबै आवश्यक कानूनी औपचारिकता एवं दस्तावेजी प्रक्रिया पूरा गरी नाबालिकालाई उसको सुरक्षा, हेरचाह, संरक्षण औ पुनर्वास व्यवस्थाको लागि पुरुलियास्थित म्याट्रन आनन्द मठमा सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande