पाकिम जिल्लामा ४६९ वटा सुनुवाई सम्पन्न, ‘लोजिकल डिस्क्रेपेन्सी’ सम्बन्धी सुनुवाई पनि शुरु
एसआईआर जारी


पाकिम, 28 जुलाई (हि.स.)। निर्वाचन नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) 2026 अन्तर्गत पाकिम जिल्लामा आज पनि सुनुवाई प्रक्रिया निरन्तर जारी रह्यो। आज ‘नो म्यापिङ’ सम्बन्धी सुनुवाईसँगै विभिन्न विधानसभा निर्वाचन क्षेत्रमा ‘लोजिकल डिस्क्रेपेन्सी श्रेणीअन्तर्गत सुनुवाई पनि शुरु गरिएको छ।

जिल्लाका विभिन्न स्थानहरूमा तोकिएका निर्वाचन दर्ता अधिकारी, सहायक निर्वाचन दर्ता अधिकारी तथा अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकारीहरूद्वारा थप परीक्षण आवश्यक परेका मतदाताहरूको योग्यताको प्रमाणीकरण गर्न सुनुवाई सञ्चालन गरिएको हो। आज जिल्लामा ‘नो म्यापिङ’ तथा ‘लोजिकल डिस्क्रेपेन्सी’ श्रेणीअन्तर्गत गरी कुल ४६९ वटा नोटिसको सुनुवाई पनि सम्पन्न भएका छन्।

पश्चिम पान्डाममा १००, रिनाकमा ८४, छुजाचेनमा ४2, नाथाङ माछोङमा ६८ र नाम्चेबुङमा ५७ वटा सुनुवाई गरिएका छन्। यसैगरी, ‘लोजिकल डिस्क्रेपेन्सी’ श्रेणीअन्तर्गत सुनुवाईको पहिलो दिन छुजाचेन निर्वाचन क्षेत्रमा ११८ वटा सुनुवाई सम्पन्न गरिएको छ।

यो प्रक्रिया निर्वाचन नामावलीलाई सही, पारदर्शी र समावेशी बनाउने उद्देश्यले सञ्चालन भइरहेको दाबी तथा आपत्ति प्रक्रियाको एक हिस्सा हो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande