
अलिपुरद्वार, 28 जुलाई (हि.स.)। जिल्लाको फालाकाटामा भइरहेको इस्ट-वेस्ट कोरिडोरको चार लेन विस्तार कार्य अवधि एउटा ठूलो समस्या आइलागेको छ। आरोप छ, नेशनल हाइवे अथोरिटीको बुलडोजरको ठक्करले जनस्वास्थ्य अभियन्त्रण विभाग (पीएचई)- को शुद्ध पेयजलको पाइपलाइन फाट्यो। यसले गर्दा बितेको शनिवारदेखि नै शिशागोड़ र बालुरघाटबीचका क्षेत्रहरू सहित तीन वटा गाउँहरूमा पिउने पानीको गम्भीर सङ्कट उत्पन्न भएको छ।
स्थानीय सूत्र अनुसार शिशागोड़, कालीपुर औ पारपतलाखावा गाउँमा बितेको आइतवारदेखि नै पूर्ण रूपले पीएचईको जल आपूर्ति बन्द भएको छ। एकातिर प्रचण्ड गर्मी अर्कोतिर पानीको अभावले मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। मानिसहरू महँगो मूल्यको पानी किनेर प्रयोग गर्न बाध्य भइरहेका छन् भने कतिपयले ह्याण्डपम्पको पानीलाई उमालेर प्रयोग गरिरहेका छन्।
मङ्गलवार ग्रामीणहरूले आरोप लगाए, पछिल्लो तीन दिनदेखिको फाटेको पाइपलाइनबाट लगातार शुद्ध पानी बगेर सड़कमा जमा भइरहेको छ। तीन वटा गाउँहरूमा शुद्ध पिउने पानीको हाहाकार भइरहेको छ। चर्को गर्मीमा मानिसहरू हैरान भएका छन्। अर्कोतिर राष्ट्रिय राजमार्गको किनारमा कृत्रिम जलभराउको स्थिति उत्पन्न भएको छ। तर पानी बर्बाद हुनदेखि कसैले कुनै कदम उठाएको छैन, न त पाइप लाइनको मरम्मत गर्न नै कुनै ठोस कदम चालिएको छ।
यस मामिलामा राष्ट्रिय राजमार्ग प्राधिकरणको भनाइ छ, सड़क चौड़ाकरण तथा चार लेन परियोजनाको लागि पुरानो पाइपलाइनलाई पहिला नै हटाउनुपर्थ्यो। काम गर्ने क्रममा पाइप फुटेपछि यसको मरम्मत गर्ने जिम्मेवारी पूर्ण रूपले पीएचईको हो।
यता जनस्वास्थ्य अभियन्त्रण विभागले आश्वासन दिएको छ, चाँड़ै पाइपलाइनको मरम्मत गरी जल आपूर्तिलाई सामान्य बनाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा